PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिटी सेन्टर हत्या प्रकरणः श्रीमतीको विषयमा विवाद हुँदा साथीको हत्या



सविन ढकाल

सिटी सेन्टर हत्या प्रकरणः श्रीमतीको विषयमा विवाद हुँदा साथीको हत्या

काठमाडौं: कमलपोखेरीस्थित सिटी सेन्टरमा शुक्रबार एक सुरक्षा गार्डको हत्या उनकै साथीले गरेको खुलेको छ। 

२६ वर्षीय रविन खवास भुजेलको हत्या उनकै साथी रुद्र बस्नेतले गरेको अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमामाडौंका डिएसपी मोहनबहादुर थापाले बताए।

मृतक रविन र अभियुक्त दोलखाका रुद्र २ बर्षदेखि  सिटी सेन्टरको बिग मुभिज ग्रुप फोर कम्पनीमा सेक्युरीटी गार्डको रुपमा काम गर्दै आएका थिए।

घटना भएको दिन दुवै जना ड्युटीमा नै थिए।

एक बर्षदेखि चिनजान भएका दुवैले त्यस दिन मदिरा सेवन गरेको प्रहरी अनुसन्धानमा देखिएको डिएसपी थापाले बताए। दिउँसो देखि नै मदिरा खाएका दुवै लठ्ठ थिए। 

उनीहरुले बिहिबार राती ११ बजेसम्म मदिरा खाएको अनुसन्धानमा देखिएको हो। मदिरा खाएपछि रविनले आफू विदेश जाने योजनामा रहेको कुरा रुद्रलाई सुनाए। त्यसपछि दुईबीच श्रीमतीको कुरा चल्यो। रविनले रुद्रलाई श्रीमती छाडेर विदेश जान नहुने सुझाएपछि विवाद भएको खुलेको छ।
 
विवादकै क्रममा रुद्रले रविनको हत्या गरेको डिएसपी थापाले बताए। रुद्रले  रविनको मुख र नाकमा थिची हत्या गरी चार तलामाथि बाट खसालेको देखिएको हो। डिएसपी थापा भन्छन्'  आत्महत्या गरेको देखाउन चार तलामाथि बाट फ्याँकेका रहेछन्।' अभियुक्त रुद्रलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell