PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन भारतको निर्देशन



पहिलोपोस्ट

दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन भारतको निर्देशन
File photo: AP

नयाँ दिल्लीः भारतको केन्द्रीय सरकारले अाफ्ना अधिकारी तथा राजनीतिक नेताहरूलार्इ दलाई लामाको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। 

भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामाले मार्चको अन्त्य र अप्रिलको पहिलो साता निर्वासनको ६० अौँ वर्षगाँठ मनाउने तयारी गरिरहेका छन्। 

केन्द्रले पछिल्लो समय भारत-चीन सम्बन्ध संवेदनशील अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको इन्डियन एक्सप्रेसले जनाएको छ। 

विदेश सचिव विजय गोखलेले फेब्रुअरी २२ मा मन्त्रिपरिषदका सचिव पी के सिन्हालार्इ पत्राचार गर्दै केन्द्र र प्रदेशका सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वलार्इ दलाई लामाको कार्यक्रममा सहभागि नहुन निर्देशन दिएका हुन्। 

मन्त्रिपरिषदका सचिव सिन्हाले सरकारी अधिकारी र राजनीतिक नेतृत्वलार्इ निर्देशन जारी गर्दै दलाइ लामाको कुनै पनि कार्यक्रममा सहभागि नहुन् निर्देशन दिएको समाचारमा उल्लेख छ।

सिन्हाले दिएको निर्देशनमा सहभागितालार्इ समेत निरूत्साहित पार्न भनिएको छ। 'यस विषयमा तपार्इँहरूलार्इ अावश्यक प्रवन्ध मिलाउन अाग्रह गिरन्छ', सिन्हाले लेखेको पत्रमा उल्लेख छ। 

विदेश सचिव गोखलेले लेखेको पत्रमा 'संवेदनशील प्रकृतिको विषय' भनिएको छ। 

चीनका लागि पूर्व भारतीय राजदुत समेत रहेका गोखलेले मन्त्रिपरिषदका सचिव सिन्हालार्इ पत्राचार गर्दै सबै मन्त्रालय, विभाग, र राज्य सरकारलार्इ समेत दलाइ लामाको कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्न निर्देशन दिन अाग्रह गरेका थिए। 

'हामीलार्इ थाहा छ; यसले तेरागराज स्पोर्ट्स कम्प्लेक्समा १ अप्रिलमा अायोजना हुने धन्यवाद भारत शीर्षकको सार्वजनिक कार्यक्रमलार्इ समेत समेटेको छ, दलाई लामाको कार्यक्रममा ठूलो संख्यामा भारतीय अधिकारीहरूलार्इ निम्तो दिने तयारी भइरहेको छ,' विदेश सचिव गोखलेले मन्त्रिपरिषदका सचिवलार्इ लेखेको पत्रमा भनिएको छ, 'प्रस्तावित समय भारतको चीनसँगको सम्बन्धको सेरेफेरोमा अति नै संवेदनशील छ, कार्यक्रममा भारतीय राजनीतिक नेतृत्व, सरकारी निकायका अधिकारी, केन्द्र तथा प्रान्त सरकारका अधिकारीहरूको सहभागिता वान्छनीय छैन्, सहभागितलार्इ निरूत्साहित गर्नुपर्छ'

भारतीय विदेश सचिव गोखलेले गत महिनामात्र चीनको भ्रमण गरेका थिए। उनको यो भ्रमणपछि भारत सरकारले यस्तो निर्देशन दिएको हो। 

सन् २०१७ सम्म चीनका लागि राजदुत रहेका गोखलेले गत महिना चीन जानु भन्दा एक दिन अगाडि सिन्हालार्इ पत्राचार गरेका थिए। वेइजिङमा उनले चिनियाँ विदेशमन्त्री वाङ यी, उपमन्त्री कोङ युन्याउ र स्टेट काउन्सिलर याङ जेयीचीलार्इ भेट गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell