PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जिम्वावे जानुअघि पारस खड्का भन्छन् : लक्ष्य सुपर सिक्स र वान डे स्ट्याटस



गोविन्दराज नेपाल

जिम्वावे जानुअघि पारस खड्का भन्छन् : लक्ष्य सुपर सिक्स र वान डे स्ट्याटस

काठमाडौं : मार्च ४ बाट जिम्वावेमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार त्यसतर्फ प्रस्थान गर्दैछ। एक साताअघि नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै नेपाल क्वालिफायरका लागि छनोट भएको थियो।
 
नेपालले लगातार दोस्रो पटक वान डे वर्ल्ड कप क्वालिफायर खेल्न लागेको हो। तर ४ वर्ष अघिको भन्दा अहिलेको अवस्था फरक छ। 

कूल १० टिम सम्मिलित प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहको शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् र त्यसबाट शीर्ष दुई टोली सन २०१९ मा विश्वकपमा हुने वर्ल्डकपमा छनोट हुनेछन्। 

नेपालले मार्च ४ मा घरेल टोली जिम्वावेसँग नै पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मार्च ८ मा स्कटल्याण्ड, मार्च १० मा अफगानिस्तान र मार्च १२ मा हङकङसँग खेल्नेछ। त्यसअघि फेब्रुअरी २७ मा युएई र मार्च १ मा हङकङसँग वार्मअफ म्याच खेल्नेछ। जिम्वावे जानुअघि नेपाली टोलीलाई शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बिदाई गरे। त्यसै अवसरमा नेपाली टोलीका कप्तान पारस खड्कासँग गरिएको कुराकानीको संक्षिप्त अंश:
 

वान डे वर्ल्ड कप क्वालिफायरका लागि हामी तयार छौं?

क्वालिफायरमा १० टिम छन्। सोचेजस्तो सजिलो छैन। त्यो पर्टिकुलर दिनमा प्लानहरु कत्तिको एक्जुकेसन हुन्छ भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। राम्रो क्रिकेट खेल्ने हो। यु ह्याभ टु प्ले गुड क्रिकेट। पहिला जस्तो हुँदैन कि बलिङले मात्र जित्ने या फिल्डिङले मात्र जित्ने। अबको लेभलमा चाहिँ बलिङ ब्याटिङ फिल्डिङ तीन वटै डिपार्टमेन्टमा कभर गर्नै पर्छ। 


वर्ल्ड कप क्वालिफायरमा लक्ष्य के छ?

निश्चय पनि वर्ल्ड कप क्वालिफाई हुन पाएदेखि त्यो हामी सम्पूर्ण नेपाली र नेपाली खेलकुदको लागि ठूलो क्षण हुनेछ। रियलिस्टिकल्ली अहिले भन्दाखेरि हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्समा पुग्ने हो। सुपर सिक्समा पुगेपछि हामी वर्ल्ड कपको सपना देख्न सक्छौँ। मैले अघि भनेजस्तै त्यति सजिलो छैन। अब २ वटा टिम मात्र क्वालिफाई हुनेछन् । मलाई लाग्छ कतिपय टिमहरुले वर्ष/ दुई वर्ष अघि नै प्रिपेरेसन  सुरु गरिसकेका छन् यस प्रतियोगिताका लागि नै भनेर। त्यसले गर्दा अब अहिलेको लक्ष्य भनेको चाहिँ वान डे स्ट्याटस र त्यसपछि सुपर सिक्स। सुपर सिक्स पुगेपछि चाहिँ हामी वर्ल्डकपको सपना देख्न सक्छौँ। 


सम्भावना कत्तिको छ त?

राम्रो क्रिकेट खेल्नुपर्‍यो। इट्स क्रिकेट, वि नेभर नो अन्टिल अनलेस वि गो आउट एण्ड प्ले। अब हामीले अफगानिस्तानसँग लास्ट टाइम मार्चमा खेलेका थियौं, २०१४ को टी २० वर्ल्डकपमा। फेरि पनि मार्चमा खेल्दैछौं। लास्ट टाइम हराएका थियौं। आाशा गरौ त्यो परफर्म हामी दोहोर्‍याउन सकौं। वर्ल्डकपमा हामीले २०१४ मा जुन लेभलको क्रिकेट खेलेका थियौं। त्यसपछि अहिले हामी खेल्न गइरहेको माथिल्लो लेभलको टुर्नामेन्ट हो। यस्तै होस्ट कन्ट्री जिम्वावेसँग खेल्न गइरहेका छौं। सबै टिम उत्तिकै राम्रो छन् र वि ह्याभ टु प्ले गुड क्रिकेट। बटम लाइन चाहिँ त्यही हो।


लास्ट टाइम क्वालिफायर खेल्दा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो नि?

लास्ट टाइम धेरै कुरा भयो जसले राम्रो काम गरेन। प्लेअरहरु इन्जर्ड थिए। ३/४ जना इन्जर्ड हुँदा इट्स हार्ड टु कमब्याक। त्यतिबेला हामी त्यो लेभलको लागि अलि इम्याचुर थियौं जस्तो पनि लाग्छ। किनभने त्यो बेला फस्ट टाइम डिभिजन वानको टिमसँग कम्पिट गर्दाखेरि त्यो लेभलमा अलि गाह्रै भयो। २०११/१२ देखि टी-२० क्वालिफायर खेल्न थालेयता भने टिमको ग्राफ केही बढेको छ। 

पछि विस्तारै हामीले डब्लुसिएल पनि ३ वर्ष खेल्यौं आफ्नो लेभलका टिमहरुसँग। त्यसबाहके राम्रो टिमहरुसँग ४/५ वटा प्रतियोगिता खेल्यौं। राम्रो टिमहरुसँग खेल्दैछौं। त्यसले गर्दा पहिला र अहिलेमा हाम्रो टिममा यति फरक छ कि हामीसँग अलिकति एक्सपोजर चाहिँ बढी छ। 


जिम्वावेसँग पहिलो पटक वान डे खेल्दैछौं कस्तो लागिरहेछ?

जिम्वावेसँग खेल्न एक्साइटेड छौं। किनभने लास्ट टाइम २००८ मा म आफै कप्तान हुँदा हामीले यू-१९ मा जिम्वावेलाई हराएका थियौं। फेरि एउटा अवसर आएको छ सिनियर टिमसँग खेल्नको लागि। उनीहरु जसरी मेहनत गरिरहेका छन् आफ्नो देशलाई रिप्रिजेन्ट गर्न हामी पनि आफ्नो देशलाई रिप्रिजेन्ट गरेर टिमलाई जिताउने कोसिस गर्ने हो। एज ए प्लेअर अल वि क्यान डु इज गिभ आवर बेस्ट। यदि हामी ग्राउण्डमा गएर आफ्नो जिउ ज्यान लगाउछौँ भने द्याट इज ह्वाट वि आर लुकिङ फर। 

अब रिजल्ट पनि निश्चय नै सबैले खोजिराखेकै हुन्छ। त्यसैले कसरी जित्ने के गर्ने भन्ने हुन्छ। अहिलेको लागि चाहिँ हाम्रो प्रायोरिटी भनौ हामी आफ्नो क्षमता अनुसार खेल्ने हो। हामीसँग क्षमता छ राम्रो क्रिकेट खेल्ने र राम्रो टिमलाई च्यालेन्ज गर्ने।


यस पटक टिममा एउटा स्पिनर थप गरिएको छ। कारण के हो?

प्रोब्यावली कन्डिसन र आफ्नो टिमलाई ब्याकअपको लागि हो। उताको कन्डिसन हेर्दा र पछिल्ला खेलहरु हेर्दा, जिम्वावे र अफगानिस्तानबीचको सिरिज हेर्दा पनि स्पिनरले राम्रो गरेका थिए। जस्तो कि स्कटल्याण्ड फास्ट बलिङमा राम्रो खेल्छ। हामीले आफ्नो स्ट्रेन्थ अनुसार उनीहरुलाई च्याम्प सक्छौँ कि भनेर पनि हो।
 

हामीले ३ वटा स्पिनर खेलायौं भने एउटा फास्ट बलर वा ब्याट्सम्यान कसलाई निकाल्ने?

इट अल डिपेन्ड। पहिलो उता गएर पिच हेरम्। दुईवटा प्राक्टिस म्याच पनि छ। आई थिङ्क प्राक्टिस म्याचको नतिजा र प्रदर्शनहरुबाट हाम्रो प्लेइङ-११ कस्तो हुन्छ भनेर हामी आइडेन्टीफाई गर्न सक्छौं। अहिलेको लागि यही सेट खेल्छ भन्ने छैन। 


यदि ३ स्पिनर खेल्दा कोही निकाल्नुपर्‍यो भने?

आई कान नट से नाउ, किनभने मलाई लाग्छ अहिलेको टिम हेर्ने हो भने एभ्रीबडी इज इक्वेल क्यापेबल इन द प्लेइङ-११। र टिम बाहिर रहेका खेलाडीहरु पनि उत्तिकै सक्षम छन्। सिचुएसन, टिम कम्बिनेसन र कन्डिसनले गर्दा कति प्लेअरले अवसर पाएनन्।  टिम बाहिर पनि कम्पिटिसन बढ्दै गएको छ नेपाली क्रिकेटमा आफ्नो स्थान बनाउनका लागि। त्यही भएर आशा गरौं हरेक प्लेअरले आफ्नो स्थान बनाउनका लागि पनि राम्रो गर्दै जाने हो भने त्यसले अल्टिमेट फाइदा हामीलाई नै हुने हो।


मैदानमा गएपछि हामीलाई च्यालेन्ज चाहिँ के हुन्छ, हाम्रो ओपनिङ र ब्याटिङ लाइन चल्न सकिरहेको छैन?

मलाई लाग्छ ओपनिङ र ब्याटिङमा मात्र कन्सर्न भएर हुँदैन किनकि स्ट्याट्सले अर्कै देखाउला तर नेपालले कसरी डिभिजन टू खेल्यो? डिभिजन टू मा पनि हामीले २ वटामा चेस गरेका थियौं जुन अरु कुनै पनि टिमले चेस गर्न सकेका थिएनन्। फाइनलमा पनि हामीले झण्डै प्रतियोगिताकै उच्च स्कोर चेस गर्न लागेका थियौं। यसले गर्दा ब्याटिङ खराब होइन कि ब्याटिङ कन्सिस्टेन्सीमा हामीले अलि ध्यान दिनुपर्ने हो। एण्ड इट अल कम डाउन टु प्लेअर।

अब सँधै सबै राम्रो हुन्छ भन्ने पनि छैन। तर एज ए टिम वि सपोर्ट प्लेअर।  धेरै प्लेअरहरु अनुभवी पनि छन्। इन फ्याक्ट, योङ प्लेअरहरुले पनि घरेलु क्रिकेटमै खेलेर भएपनि अनुभव बटुलेका छन् जुन उनीहरुको प्रदर्शनमा पनि देखियो। 

आशा गरम् त्यो माहोल, त्यो वातावरण हामी जिम्वावेमा पनि कायम गर्न सकुँ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell