PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बास्केटबल लिग : हिमालयन हाउण्ड्स र गोल्डेनगेटको पहिलो जित



पहिलोपोस्ट

बास्केटबल लिग : हिमालयन हाउण्ड्स र गोल्डेनगेटको पहिलो जित

काठमाडौं : क्वीक्स होम एण्डे बास्केटबल लिगमा हिमालयन हाउण्ड्स र गोल्डेनगेट इन्टरनेशनल कलेजले पहिलो जित हात पारेका छन्।

बिहीवार भएको खेलमा हाउण्ड्सले विशाल मिलन केन्द्रलाई ६८-५७ तथा गोल्डेनगेटले जेभियर इन्टरनेशनल कलेजलाई ७१-५६ ले हरायो।

दुवैले अवे कोर्टमा जित हासिल गरेका हुन्। हाउण्ड्सले यसअघि लगातार दुई हार बेहोरेको थियो भने गोल्डेनगेटले एक खेल हारेको थियो।

विशाल मिलन केन्द्रको घरेलु कोर्ट बिशालनगरमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटर २१-१३ ले आफ्नो पक्षमा परेको थियो। दोस्रो क्वाटरमा विशाल मिलन केन्द्रले पुनरागमन गर्दै १७-१३ ले अग्रता बनाएपनि हाउण्ड्सले तेस्रो क्वाटर १३-१२ तथा चौथो क्वाटर २१-१५ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। हाउण्ड्सको जितमा शौरभ श्रेष्ठले सर्वाधिक २८ अंक स्कोर गरे।

विशाल मिलन केन्द्रको ३ खेलमा यो दोस्रो हार हो।

यस्तै प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेट कलेजले पहिलो क्वाटरमा १७-१२ ले पछि परेपनि त्यसपछिका ३ क्वाटरमा अग्रता बनाउँदै जेभियर कलेजलाई उसैको कोर्टमा हरायो। तेस्रो क्वाटरको समाप्तीसम्म ५१-४९ ले पछि परेको गोल्डेनगेटले अन्तिम क्वाटरमा फरिकलो अग्रता बनाउँदै खेल जितेको हो। गोल्डेनगेटले दोस्रो क्वाटरमा २४-२३, तेस्रो क्वाटरमा १३-११ तथा चौथो क्वाटरमा २२-५ को अग्रता लिदै खेल जितेको हो।

गोल्डेनगेटलाई जिताउन राजिव जोशी एक्लैले ३३ अंक स्कोर गरे। लिगमा पहिलो खेलमै जेभियर कलेज पराजित भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell