PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चैत पहिलो साताभित्र एमाले माओवादीबीच एकीकरण लक्ष्य: दुई कार्यदललाई १५ दिनमा प्रतिवेदन बुझाउन निर्देशन



पासाङ ठकुल्ला

चैत पहिलो साताभित्र एमाले माओवादीबीच एकीकरण लक्ष्य: दुई कार्यदललाई १५ दिनमा प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत पहिलो साता भित्र पार्टी एकीकरण गर्ने लक्ष्यसहित काम थाल्न कार्यदललाई निर्देशन दिएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा कार्यदललाई अध्यक्षद्वयले उक्त निर्देशन दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

'दुई अध्यक्षले पार्टी एकतालाई बल पुग्ने गरी काम गर्न कार्यदलका संयोजकद्वयलाई निर्दशन दिनुभयो,' ज्ञवालीले भने, 'फागुन २५ भित्र दुबै कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन पनि दिनुभएको छ।'

बालुवाटारमा सोमबार दुई पार्टीले पार्टी एकताका सात बुँदे प्रारम्भिक आधार तय गर्दै दुई कार्यदल गठन गरेको थियो। 

राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलको संयोजकमा एमालेका वरिष्ठ नेता माधव नेपाल तोकिएका छन् भने विधान मस्यौदा कार्यदलमा माओवादीका रामबहादुर थापा बादल तोकिएका छन्।

प्रतिवेदन मस्यौदा कार्यदलमा नेपालसहित भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्बाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।

यसैगरी विधान मस्यौदा कार्यदलमा थापासहित इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell