PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपतिले संविधान उल्लंघन गर्ने अनि विरोध होला भनेर निषेधित क्षेत्र तोक्ने? तोड्छौँ : नेविसंघ अध्यक्ष



राष्ट्रपतिले संविधान उल्लंघन गर्ने अनि विरोध होला भनेर निषेधित क्षेत्र तोक्ने? तोड्छौँ : नेविसंघ अध्यक्ष

काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको केही घण्टामै निषेधित क्षेत्र घोषणा गरेकोप्रति आपत्ति जनाउँदै त्यसलाई तोड्ने चेतावनी दिएको छ।

देउवा सरकारले सिफारिश गरेको राष्ट्रिय सभा सदस्यको मनोनयन फिर्ता गर्ने  राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरे लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले शीतलनिवास, बालुवाटार, सिंहदरबारलगायत ६ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

सरकारले असंवैधानिक कदमको अनुमोदनका लागि निषेधित क्षेत्र घोषणा गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले आरोप लगाए।

'सरकारले संविधानको बर्खिलापमा काम गर्ने, राष्ट्रपतिले संविधानको उल्लंघन गर्ने, अनि त्यसलाई अनुमोदन गर्न निषेधित क्षेत्र घोषणा गर्ने?' नेविसंघका अध्यक्ष महरले भने, 'हामी यसलाई तोड्छौँ।'

आजै नयाँ बानेश्वरस्थित प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महरले भने, 'यो सरकारको कदमविरुद्ध हामी वार्मअपमा छौं। यस्तै असंवैधानिक कदम चाल्दै जाने हो भने हामी सडक तताउँछौ।'

प्रजातन्त्रको पक्षमा वकालत गर्नेका विरुद्ध निषेधित क्षेत्र सह्य नहुने महरको तर्क थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell