PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सभापति देउवासँग चिनियाँ उपमन्त्रीको भेटवार्ता



पहिलोपोस्ट

सभापति देउवासँग चिनियाँ उपमन्त्रीको भेटवार्ता

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्। 

बूढानीलकण्ठस्थित सभापति देउवाको निजी निवासमा आज भएको भेटमा आपसी हित र सम्बन्धमा बारेमा विचार विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए। 

भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक विपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरे। 

सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बधाई दिँदै काँग्रेसका संस्थापक विपी कोइरालाको पालादेखि नै काँग्रेस र चीनबीचको सम्बन्धको स्मरण गरे। 

उहाँले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र काँग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिनुभएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell