PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सर्वोच्च अदालतमा प्राध्यापक डाक्टर गोविन्द केसीको लिखित बयान : मेरो अभिव्यक्तिमा दृढ छु



सागर बुढाथोकी

सर्वोच्च अदालतमा प्राध्यापक डाक्टर गोविन्द केसीको लिखित बयान : मेरो अभिव्यक्तिमा दृढ छु

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अबहेलना नहुने दावी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्।

आज मध्यान्ह सर्वोच्च पुगेका केसीले ९ बुँदामा लिखित जवाफ सर्वोच्चमा पेश गरेका हुन्।

'न्यायालयको सुद्दिकरण र सुशासनको प्रत्याभूतिका लागि मैले दिएका अभिव्यक्तिका सम्बन्धमा म दृढ छु,' डाक्टर केसीले जवाफमा भनेका छन्, 'मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायालयविरुद्ध होइन।'

उनले चिकित्सा क्षेत्रको सुधारका लागि आफ्नो आन्दोलन जारी रहेको समेत उल्लेख गरेका छन्। 

पुस २६ गतेको सर्वोच्चको आदेश अनुसार केसी अदालतमा हाजिर भएका हुन्। अदालतले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी साधरण तारेखमा रिहा गरेको थियो।

चिकित्साशास्त्र अध्ययन संस्थानको (आइओएम) डीनमा डा‍. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी र अदालतबीच द्वन्द्व सुरु भएको थियो। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए। अदालतको आदेशविरुद्ध केसीले अनशन थालेका थिए।

केसीको अनशनपछि सर्वोच्च प्रशासनले टिप्पणी तयार पारेर अपहेलना मुद्दा चलाएको थियो। अपहेलना मुद्दामा आदेश गर्दै अदालतले केसीलाई अनशनस्थलबाटै पक्राउ गरेको थियो। पक्राउको सर्वत्र आलोचना भएको थियो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell