PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टिपरको ठक्करबाट पोखरामा एक युवतीको मृत्यु



नरहरि पौड्याल

टिपरको ठक्करबाट पोखरामा एक युवतीको मृत्यु

पोखरा : पोखराको चाउथेमा टिपरको ठक्कर दिदाँ स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी बन्दना पौडेलको मृत्यु भएको छ।

सोमवार बेलुका ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो। टाउको र खुट्टामा चोट लागेकी उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।

उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्दै आएकी थिइन्। काम सकेर घर फर्किने क्रममा बेलुका ८ बजे उनी दुर्घटनामा परेकी हुन्।  घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ। टिपर चालक दलबहादुर स्याङवो प्रहरी नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell