PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

वर्ल्ड कप क्वालिफायर खेल्न जाने नेपाली टोलीका प्रत्येक सदस्यलाई सरकारले तीन लाख रुपैयाँ दिने



वर्ल्ड कप क्वालिफायर खेल्न जाने नेपाली टोलीका प्रत्येक सदस्यलाई सरकारले तीन लाख रुपैयाँ दिने

काठमाडौँ : वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यले चार लाख रुपैयाँ पाउने भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले टिम नेपालका प्रत्येक सदस्यलाई तीन लाख रुपैयाँ दिने घोषणा आज गरेका हुन्। त्यसैगरी मदन भण्डारी स्पोर्टस एकेडेमीले सबैलाई थप एक लाख रुपैयाँ दिने घोषणा पनि आजै भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट टोलीलाई सम्मान गर्न आयोजित कार्यक्रममा यस्तो घोषणा भएको हो। पुरस्कार रकम शुक्रवार दिने र त्यही दिन प्रतियोगिताका लागि विदाइ गर्ने कार्यक्रम छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell