PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बिरामीको कुटाइले डाक्टर बेहोस: ‘जेल विद्आउट बेल’ कानुन कार्यान्वयनको माग



सागर बुढाथोकी

बिरामीको कुटाइले डाक्टर बेहोस: ‘जेल विद्आउट बेल’ कानुन कार्यान्वयनको माग

काठमाडौं: ‘जेल विद्आउट बेल’ को माग गर्दै डाक्टरहरुले लामो समय गरेको आन्दोलनले सार्थकता नपाएको देखिन्छ। डाक्टहरुमाथि दिनहुँ हातपातको घटना बढ्छै छ। 

आइतबार डोटीको जिल्ला अस्पतालमा भएको घटनाले डाक्टरहरुको ज्यानमाथि खतरा भएको पुष्टी गरेको छ।

आइतबार डोटी जिल्ला अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र सिंहलाई बिरामीले नै मरणसन्न हुने गरी कुटेका छन्।  

डा सिंह कुटाइ खाएर बेहोस भएको बताउँछन्। उनको शरीर रगताम्मे थियो। हात मर्किएको। टाउकोमा गम्भीर चोट। घटना भएको निकै बेरपछि बल्ल उनी होसमा आए। कतिजनाले कसरी कुटे? उनलाई सम्झना छैन।

विजय सिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट र अरुण महत डाक्टरलाई कुटेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन्।

कसरी भयो घटना ?

डा सिंह आइतबार ओपिडिमा थिए। एकजना बिरामी ढाड र पेट दुख्यो भन्दै आए। दुखाइले उनी बस्न सकिरहेका थिएनन्।  कुर्सीमा बस्नुभन्दा घुँडा टेकेर भुँइमा बसिरहेका थिए। उनको मिर्गोलामा पत्थरी भएको कारण सहन नसक्ने गरी दुखेको देखिन्थ्यो।

‘मैले दुखाई कम गर्ने इन्जेक्सन लगाउन इमर्जेन्सीमा पठाइदिएँ,’ सिंहले पहिलोपोस्टसँग भने, ‘त्यसपछि ती बिरामी ओपिडिमा नै आए। धेरै व्यस्त हुदाँ पनि उनको दुखाई देखेर मैले उनलाई प्राथमिकता दिए। तर, बिरामीले मसँग कचकच गर्न थाले।’

ती बिरामीको भिडियो एक्सरे नगरी उपचार सम्भव थिएन। एक्सरे गर्ने डाक्टर नभएको कारण धेरै बिरामी फर्किरहेका थिए। ‘उनको अवस्था गम्भीर देखेर मैले एक्सरे गर्ने भए उनकै अनुरोधमा।  बिहानदेखि नै किचकिच गरिरहेका थिए। आफ्नो पालो नआइ भित्र आएर दादागिरी देखाइरहेका थिए। कोही यस्तै हुन्छन भनेर मैले वास्ता गरिरहेको थिइनँ,’ डा सिंहले घटना विवरण सुनाए।

ती बिरामी डाक्टरमाथि शशंकित पनि थिए, डाक्टरलाई धम्की पनि दिइरहेका थिए। ‘तिमलाई गर्न आउँछ कि आउदैन् भाइ। राम्रोसँग गर। केही भयो भने खैरात छैन् नि’ बिरामीले यसै भने,' डा सिंहले सुनाए। 

‘एक्सरे गर्ने डाक्टर हुनुहुन्न। तपाईकै अनुरोधमा मैलै एक्सरे गर्न लागिराको छु। तपाइलाई विश्वास लाग्दैन भने अन्तै जानुस,’ डाक्टर सिंहले उनलाई यस्तो जवाफ दिए।

हैन म यही गर्छु भनेर बिरामी ढिपी गर्थे। अनि गर्न लाग्दो फेरि किचकिच। यसो गर त्यसो गर भनेर अर्डर दिन्थे। ती बिरामीले किचकिच गर्दै धेरै समय बिताइसकेका थिए।

डाक्टर सिंहले जानुभन्दा पनि उनी मानेनन्। एक्स रे गर्न लाग्दा पनि दिक्क लगाइरहे।
अन्तिममा केही नलागेपछि डा सिंहले ती बिरामीको पैसा फिर्ता दिए। पैसा फिर्ता लिएर ति बिरामी गए।

एक छिनमा एकजना नयाँ मानिस ओपिडीमा प्रवेश भयो। रिसाउँदै भने, ‘ती मान्छेको उपचार किन गरिनस्।’ सिंहले घटनाको बेलिबिस्तार लगाए,  ‘कसैले धम्क्याउँछ भने कसरी गर्न सक्छु। तपाईलाई कसैले गालामा थप्पड हानेर यो गर त्यो गर भन्यो भने तपाई गर्नुहुन्छ,’ डा सिंहले यति मात्र भन्न भ्याएका थिए।

उनीमाथि मुक्का बर्सियो। उनले प्रतिकार गर्न सकेनन्। पिटाइ खाईरहे। अन्य मानिसहरुले छुटाएपछि धन्न जोगिए।  त्यसपछि अर्को डाक्टरको रुममा ढोका थुनेर बसे।

साढे २ बजे भएको घटना एकघण्टापछि फेरि दोहोरियो। ४ जना मानिसहरु ढोका फोडेर प्रवेश गरे। फेरि उनीमाथि कुटपिट गर्न थाले। डाक्टर सिंह बेहोस भए। त्यसपछि कति कुटाइ खाए थाह पाएनन्। ब्युझँदा उनी अस्पतालको बेडमा थिए।  अहिले उनी सोही अस्पतालमा उपचाररत छन्।

'कहाँ कस्ले कुटिरहेको थियो मैलै थाहा पाइन। एकजना प्रहरीले उनीहरुलाई रोक्न सकेनन्।’ सिंहले सुनाए।

डा सिंहलाई कुटपिट गर्ने प्रहरी हिरासतमा छन्। उनीहरुलाई कारबाही हुनुपर्ने डाक्टर सिंह बताउँछन्। भन्छन्, ‘पोलिटिकल पावर प्रयोग गरेर उनीहरु छुट्छन्। कारवाही हुनेमा आशा छैन्।’
    
चिकित्सक समाज नेपालले उक्त घटनाको सत्य तथ्य छानविन गरी कारवाही गर्नुपर्ने बताएको छ। ‘जेल विद्आउट बेल’  कानुन कार्यान्वयन गर्नुपर्ने माग राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell