PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बाजागाजासहित बालुवाटारमा ओलीको प्रवेश, हेर्नुस् २६ फोटो

बाजागाजासहित बालुवाटारमा ओलीको प्रवेश, हेर्नुस् २६ फोटो


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ६ बजे बालुवाटार प्रवेश गरेका छन्। ओलीलाई स्वागत गर्न युवा संघ नेपालदेखि अनेरास्ववियुका कार्यकर्ता र विद्यार्थी लाइनवद्ध थिए। साथमा शुभेच्छुक। फूलमाला र खादाका साथमा मिठाई ग्रहण गर्दै गर्दा नेवार बाजाले ओलीको स्वागत गरिरहेको थियो।

ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवास सर्न केही ढिलाइ भएकाले ओली आज बालकोटबाट सरेका हुन्।

बालुवाटारमा स्वागत ग्रहणपछि पीपलको विरुवामा पानी हालेर उनी निवास पसे।

सेनाको सलामीसँगै ओली श्रीमति राधिका झन्डै ४० मिनेटपछि सरकारी निवास प्रवेश गरेका थिए।
बालुवाटार प्रवेश गर्दै प्रधानमन्त्री दम्पति
शुभेच्छुकहरु।
शुभेच्छुकहरुको लाइन।
शुभेच्छुकहरुको लाइन।
एमाले महासचिव ईश्वर पोखरेल
प्रधानमन्त्रीको सवारी बालुवाटारमा हुँदै।
शुभेच्छुकहरुसित हात मिलाउँदै।
प्रधानमन्त्रीको बालुवाटार प्रवेशमा खुवाइएको खाजा।
सलामी लिँदै प्रधानमन्त्री।
प्रधानमन्त्रीलाई सलामी दिँदै।


ट्रेन्डिङ पोस्ट

Ncell