PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिज : कान्छी र ब्ल्याक प्यान्थर पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : कान्छी र ब्ल्याक प्यान्थर पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'कान्छी' प्रदर्शनमा आएको छ। आकाश अधिकारी निर्देशित फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएको छ।

यम थापाको कथामा बनेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ। फिल्ममा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको अभिनय रहेको छ।

फिल्मले अन्तरजातीय प्रेमले सिर्जना गर्ने अवस्थाको चित्रण गर्छ।

बलिउडतर्फ नयाँ फिल्म रिलिज भएन।

हलिउडमा भने र्यान कुग्लर निर्देशित 'ब्ल्याक प्यान्थर' सार्वजनिक भयो। उपन्यासमा आधारित फिल्मका लागि केविन फिगले पटकथा हुन्। कलाकारहरु चड्विक बोसम्यान मिचेल, जोर्डन लुपिता, न्योङ दनाइ, गुरिरा मार्टिन, फ्रीम्यान दानियल, राइट विन्सटन लगायतको अभिनय छ।

फिल्मले पनि मल्टिप्लेक्स र सिंगल स्क्रिनमा शो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell