
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू को फाइनलमा अहिल नेपाल र युएई उपाधिका लागि खेलिरहेका छन्। विन्डहोकस्थितच वन्डर्रस मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईका लागि ओपनर अस्फाक अहमेदले शतक पुरा गरेका छन्।
उनी यस प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि लिग चरणको खेलमा क्यानडाका श्रीमन्थ विजेरत्नेले नेपाल विरुद्ध नै नटआउट १०३ रन बनाएका थिए।
३८औँ ओभरको अन्तिम बलमा नेपालका करण केसीलाई १ रन प्रहार गर्दै अस्फाकले शतक पुरा गरे। ११० बल खेल्दा उनले ४ चौका र २ छक्का समेत प्रहार गरिसकेका छन्।
उनले पहिलो विकेटका लागि कप्तान रोहन मुस्ताफासँग १०९ रनको साझेदारी गरेका थिए। मुस्ताफा ५१ रन बनाएर आउट भइसकेका छन्।
यो समाचार तयार पार्दासम्म युएईले ३९ ओभरमा २ विकेट गुमाएर १८९ रन बनाइसकेको छ।