PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्किङमा राखेको बसमा आगो



पहिलोपोस्ट

पोखरा : पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरीपाटनमा पार्किङमा राखेको बसमा आगोलागी भएको छ। ग १ ख ६९२५ नम्बरको बसमा दिउँसो अचानक आगलागी भएको प्रहरीले जानकारी दियो।

आगलागीबाट बसको भित्र सिट पूर्ण रुपमा जलेको छ भने आगाडिको सिसा समेत फुटेको छ। बसमा लागेको आगो वडा प्रहरी कार्यालय रामबजारको टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए।

आगलागीको कारण खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell