PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डिभिजन टू : नेपालले केन्यालाई ३ विकेटले हरायो, आरिफ र रोहितको शानदार प्रदर्शन



पहिलोपोस्ट

डिभिजन टू : नेपालले केन्यालाई ३ विकेटले हरायो, आरिफ र रोहितको शानदार प्रदर्शन

काठमाडौं : बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलले सम्हालिएको प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा केन्यालाई पराजित गरेको छ।

१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेपनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो। 
जितपछि नेपालले ४ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ।

नेपालको जितमा सन्दीपले ५ विकेट लिए भने ब्याटिङमा रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे। यस्तै कप्तान पारस र आरिफले ४२-४२ रन बनाए।

आरिफ र रोहितले छैटौँ विकेटका लागि ८७ रनको साझेदारि गरेका थिए।

अन्तिम बलमा नेपाललाई जितका लागि २ रन चाहिएको अवस्थामा सोमपाल कामीले २ रन लिदै नेपाललाई जित दिलाए।

ओपनिङमा पुरानै समस्या दोहोरिदा नेपाल सुरुवात गतिलो हुन सकेन। यसै खेलबाट डेब्यु गरेका अनिल शाह गोल्डेन डकआउट भए भने ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए। नेपालले १४ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। तर कप्तान पारसले इनिङ्स सम्हाल्दै चौथो विकेटका लागि शरद भेषावकरसँग ५६ रनको महत्वपूर्ण साझेदारि गरे। ४४ बलमा ३ चौका र २ छककाको मद्दतमा ४२ रन बनाएका पारस आउट भएपछि नेपालको इनिङ्स केही धर्मराएको थियो। त्यसपछि शरद १९ रन बनाएर आउट हुँदा नेपाल ८२-५ को स्थितिमा थियो। तर दुई युवा खेलाडी आरिफ र रोहितले निकै सम्हालियर खेल्दै नेपाललाई जितसम्म डोहोर्‍याए।

रोहितले ८६ बल खेलेर १ चौका प्रहार गर्दै सर्वाधिक ४७ रन बनाए भने ८२ बल खेलेका आरिफले २ चौकाको मद्दतमा ४२ रन जोडे।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७७ रन बनाएको हो।

ओपनरद्वय एलेक्स ओबान्डा र इरफान करिमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै केन्यालाई गतिलो सुरुवात दिलाएका थिए। तर सन्दीपले १६औँ ओभरको आफ्नो पहिलो स्पेशलमै ओबान्डाको विकेट लिदै केन्याको साझेदारी तोडेका थिए। उनले आफ्नो दोस्रो ओभरमा धिरेन गोन्डरियाको विकेट लिए भने ३३औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमश: कप्तान राकेप पटेल र रुसन पटेलको विकेट लिएका थिए।

त्यसअघि केन्याका लागि सर्वाधिक ४२ रन बनाएका इर्फान करिमलाई बसन्त रेग्मीले ३३औँ ओभरको दोस्रो बलमा आउट गरेका थिए।

केन्याका लागि ओबान्डाले ४१ तथा कोलिन्स ओबुयाले २७ रन बनाए। नेल्सन ओढिएम्बो २४ तथा शेम एनगोचे २३ रनमा नटआउट रहे।  यी दुईले नवौँ विकेटका लागि ३८ रनको साझेदारी गरे।

बलिङमा सन्दीपले १० ओभरमा ५ मेडन राख्दै २० रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए। यस्तै सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell