PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

विवादका बीच फोरमले छान्यो समानुपातिक सांसदको सूची, को-को परे?



बीपी साह

विवादका बीच फोरमले छान्यो समानुपातिक सांसदको सूची, को-को परे?

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको टुंगो लगाएको छ। आइतबार अबेर रातिसम्म काठमाडौँमा बसेको बैठकले  विवादका बीच एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो।

समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ। 

त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा परेकी छन्।

बिहानैदेखि जारी बैठकमा पटक-पटक विवाद भएको थियो। पार्टीले पहाडमा उल्लेख्य भोट नपाएको तर्क गर्दै केही नेताहरुले समानुपातिकमा सबै मधेसका नेताहरुको नाम पठाउनु पर्ने जिकिर गरेका थिए। 

अन्तिम नामावली सार्वजनिक बारे कुनै नेताले औपचारिक पुष्टि गर्न मानेनन्। 

बैठकबाट रुष्ट हुँदै केही मधेशी नेताहरु बाहिरिएका छन्।

उता, समानुपातिक सिट पाउने अर्को मधेसकेन्द्रित दल राजपाका अध्यक्ष मण्डलका सदस्यहरुको बैठक आज बस्नै सकेन। 

निर्वाचन आयोगले भोलि सोमबारसम्म समानुपातिक उम्मेदवारहरुको नामावली पठाउन दलहरुलाई पत्राचार गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell