PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

डिभिजन टू : क्यानडाको लगातार तेस्रो जित, केन्याको दोस्रो हार



पहिलोपोस्ट

डिभिजन टू : क्यानडाको लगातार तेस्रो जित, केन्याको दोस्रो हार
फाइल फोटो

काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू मा क्यानाडाले लगातार तेस्रो जित हासिल गरेको छ। क्यानडाले आइतवार तेस्रो खेलमा केन्यालाई ५९ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो।

विन्डहोकस्थित अफिस पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४ बल अगाडी नै अलआउट हुँदै १८६ रन बनाएको थियो। जवाफमा केन्या ३९.१ ओभरमा १२७ रनमा अलआउट भयो।

क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

उता पहिलो खेलमा युएईसँग पराजित भउको केन्याको यो लगातार दोस्रो हार हो। केन्या र नामिबियाबीचको खेल वर्षाका कारण दुई पटक रोकिइसकेको छ र मंगलवार खेलाउने तय भएको छ।

क्यानडाले अब सोमवार नामिबिया तथा बुधबार नेपालसँग खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell