PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यी हुन् राष्ट्रिय सभाका लागि सरकारले सिफारिश गरेका कांग्रेसका तीन नेता



यी हुन् राष्ट्रिय सभाका लागि सरकारले सिफारिश गरेका कांग्रेसका तीन नेता

काठमाडौं : मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनित हुने तीन जनाको नाम सिफारिस गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो।

तीनै जनाको नाम भोलि राष्ट्रपति कार्यलयमा पेश गरिने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। एक महिलासहित तीन जनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान संविधानमा छ। 

सिफारिसमा परेका तीनैजना कांग्रेस नेता हुन्। बस्नेत झापा कांग्रेसका पूर्व सचिव हुन् भने पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव हुन्। जोशी कांग्रेस निकट व्यवसायी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell