PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

डिभिजन टू : क्यानडाको विजयी सुरुवात, ओमान ८ विकेटले पराजित



पहिलोपोस्ट

डिभिजन टू : क्यानडाको विजयी सुरुवात, ओमान ८ विकेटले पराजित

नामिबियामा भयरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू मा क्यानडाले विजयि सुरुवात गरेको छ। क्यानडादे बिहीवार भएको पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको हो।

१०७ रनको लक्ष्य क्यानडाले १५.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। क्यानडाका लागि आर गुनसेखराले ४६ रनको योगदान गरे भने कप्तान नितश कुमार ५३ रनमा नटआउट रहे।

युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २७.४ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो। ओमानका लागि अकिव इलयासले सर्वाधिक ४६, जिसन मकसुदले २२ तथा खलिमुल्लाहले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा क्यानडाका निखिल दत्तले ३ तथा सेसिल परभेज, एस ढिन्ड्सा र दिलो हेलिगरले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell