PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ मा मतगणना सुरु: परिणाम सात बजे नै



पहिलोपोस्ट

प्रदेश १ मा मतगणना सुरु: परिणाम सात बजे नै

विराटनगर: प्रदेश १ मा राष्ट्रिय सभाको निर्वाचनको मतगणना सुरु भएको छ। साँझ ७ बजेभित्र मतपरिणाम प्राप्त भइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा बिहान १० बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो। प्रदेश सभा १–का ९३ सांसद् मध्ये ९२ जनाले मतदान गरेका छन्।

प्रदेश–१ बाट राष्ट्रिय सभामा चुनिने ८ सांसद्मध्ये ६ जनो यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी २ जनाका लागि निर्वाचन गरिएको हो। 

अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु तथा दलितबाट वाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका विन विश्वकर्मा प्रतिस्पर्धामा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell