PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धादिङमा ट्रकको ठक्करबाट माइक्रोबसका यात्रुको मृत्यु, सात जना घाइते



धादिङमा ट्रकको ठक्करबाट माइक्रोबसका यात्रुको मृत्यु, सात जना घाइते

काठमाडौँ : धादिङको गजुरी गाउँपालिका-५ मा आज ट्रकको ठक्करबाट माइक्रोबसमा सवार एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते गोर्खा घर भएका ४० वर्षीय सुजित श्रेष्ठको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएका सात जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।

आज साँझ पौने ५ बजे गोर्खाबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ८७९० नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६०१९ नमबरको ट्रकले ठक्कर दिएको बताइएको छ। दुवै सवारी साधनका र चालकलाई इलाका प्रहरी कार्यालय गजुरी धादिङले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell