PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ढोरपाटन महिला भलिबल : न्यू डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन



पहिलोपोस्ट

ढोरपाटन महिला भलिबल : न्यू डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिताअन्तर्गत शनिवार भएको अन्तिम लिग खेलमा एपीएफ नैकापको न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।

अपराजित रहेको एपीएफले १७ खेलबाट ५० अंक जोड्दै उपाधि जितेदा दोस्रो स्थानको डायमण्डले १७ खेलबाट ४६ अंकमात्र जोड्न सक्यो। न्यू डायमण्ड पहिलो र दवस्रो चरणको लिगमा एपीएफसँग मात्र पराजित भएको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा शनिवार भएको खेलमा एपीएफले न्यू डायमण्डलाई २५-१६,२५-१७, २५-१२ सेटमा सहजै पराजित गर्‍यो।

डायमण्डले अन्य दिनका खेलमाभन्दा एपीएफ विरुद्ध निकै निरारशजनक प्रदर्शन गर्दा एपीएफलाई खेल जित्न सहझ भयो।

शनिबारै पोखराको टप्स उच्च माविले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा हरायो।

उपाधिसँगै एपीएफले ३ लाख २५ हजार रुपैया हात पार्‍यो। उपविजेतामा डायमण्डले १ लाख ७० हजार पायो।

यस्तै व्यक्तिगत विधातर्फ न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो र कृपा अधिकारी उत्कृष्ट लिफ्टर घोषित भइन्। यस्तै एपीएफकी रेश्मा भण्डारी उत्कृष्ट ब्लकर र ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए। पुलिसकी कोपिला उप्रेती उत्कृष्ट क्वीकर तथा टप्सकी अरुणा शाही उत्कृष्ट सर्भर घोषित भइन्। उनीहरु सबैले समान ५ हजार पाए।

यसैगरी नेपाल आर्मीकी निरुता ठग्न्ना प्लेअर अफ दी सिरिज घोषित भइन् भने डायमण्डमी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिइन्। एपीएफकी सरस्वती चौधरी प्लेअर अफ दी इअर तथा श्रीलगाउँकी शर्मिला नेपाली उदयीमान खेलाडी घोषित भइन्। चारै जना खेलाडीले एक एक थान स्कुटर हात पारे।

यसैगरी यसै वर्षबाट प्रदान गर्न थालिएको दर्शकलाई दिन स्कुटर पोखराका राजकुमार घतानेले हात पारे। प्रतियोगिताभर टिकट काटेर खेल हेर्नेमध्ये गोलापर्थाबाट चयन गर्दा राजकुमार भागयमानी बने।

विजयी खेलाडीहरुलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल, आइएमईं अटोमोटिभ्सका मार्केटिङ डिइरेक्टर दिपेश कायस्थले पुरस्कृत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell