काठमाडौ: सहित्यकार मनु ब्राजाकीको निधन भएको छ।
७५ वर्षीय उनको शुक्रबार बिहान निधन भएको हो। मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी गजलमासमेत पोख्त थिए।