PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुई दिनको अक्सनमा कोलकाताले सक्यो ८० करोड, कम खर्च गर्नेमा चेन्नई



पहिलोपोस्ट

दुई दिनको अक्सनमा कोलकाताले सक्यो ८० करोड, कम खर्च गर्नेमा चेन्नई

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) २०१८ को अक्सन सकिएको छ। कूल ८ टिम सहभागी हुने प्रतियोगिताका लागि खेलाडी छनौट बोलकबोलमा बढाबढ गर्दै सकियो जसमा पहिलो पटक नेपाली खेलाडी सन्दीप लामिछाने पनि समेटिए। खेलाडी अक्सन हुँदा सबैभन्दा कम कबोल २० लाख रुपैयाँ तोकिएको थियो। बढीमा २५ खेलाडी अनुबन्धन गराउन दुई दिनसम्म अक्सन जारी रह्यो। हरेक टीमले बढीमा ८० करोड रुपैयाँ खेलाडी अनुबन्ध गर्नका लागि खर्चन पाउने व्यवस्था थियो। त्यसअनुसार खेलाडीमा बोली लाग्यो।

८ टीममध्ये कोलकाता नाइट राइडर्समात्र त्यस्तो टीम रह्यो जसले ८० करोडमा एक रुपैयाँ पनि बचाएन। उसले ८० करोड नै खेलाडीका लागि खर्चियो। रोचक अर्को पक्ष के भने तोकिएको अधिकतम रकम खर्च गर्दा पनि उसले सबैभन्दा कम खेलाडीलाई भित्र्याएको छ। कोलकाताले १९ खेलाडीका लागि पूरै रकम खर्चने तय गरेको हो।

आठ टीममध्ये सबैभन्दा कम खर्च गर्ने टीम भने चेन्नई सुपर किङ्स रह्यो। ७३ करोड ५० लाख रुपैयाँमात्र उसले अक्सनमा खर्च गर्‍यो। अक्सनमा तोकेको रकममध्ये सबैभन्दा कम खर्च गरे पनि टीमले २५ जना नै खेलाडी लियो। कम रकममा शत प्रतिशत रकम भित्र्यायो टीमले।

त्यसो त दिल्ली डेयरडेबिल्सले पनि २५ नै खेलाडी लियो जसमा नेपाली खेलाडीसमेत समेटिएका छन्। दिल्लीले कूल ८० करोडमा १ करोड ६० लाख रुपैयाँ बचत गर्‍यो। मुम्बई इन्डियन्स र सनराइज हैदरावादले पनि २५/२५ खेलाडी भित्र्याएका छन्। यी दुई क्लबको पनि रोचक पक्ष के छ भने दुवैले ८० करोड रुपैयाँमा ६५ लाख बचाए। 

किङ्स इलाभेन पञ्जावले ७९ करोड ९० लाख खर्च गरेर १० लाख बचायो भने रोयल च्यालेन्जर्स बैगलोरले १५ लाखको बचत गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell