PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन



पहिलोपोस्ट

मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन
फोटो : रासस

काठमाडौं : रुस्लान थ्री स्टार क्लबले चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मदन भण्डारी  मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ। शनिवार इटहरीमा भएको खेलमा थ्री स्टारले मनाङलाई १-० ले पराजित गरेको हो।

थ्री स्टारलाई च्याम्पियन बनाउने खेलको एक मात्र गोल पहिलो हाफमा बुद्ध चेम्जोङले गरे। बुद्धले विमल घर्ती मगरको पासमा ३७औँ मिनेटमा गोल गरेका थिए। १४ वर्षपछि फुटबलमा पुनरागमन गर्दै दुई साता अघि खप्तड गोल्डकप खेलेको थ्री स्टार क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

तर सिजनको दोस्रो नकआउट टुर्नामेन्टमा भने थ्री स्टारले राम्रो प्रदर्शन गर्दै उपाधि जितेको हो। उपाधिसँगै थ्री स्टारले मोफसलको सर्वाधिक नगद पुरस्कार राशी १२ लाख समेत हात पारेको छ। उपविजेता मनाङले ५ लाखमा चित्त बुझायो।

च्याम्पियन थ्री स्टारका अनन्त तामाङ प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी घोषित भए। उनले नगद २५ हजार र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेका छन्। त्यसैगरी थ्री स्टारका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ प्रशिक्षकको अवार्ड पाए।

थ्री स्टारकै गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ठ गोलरक्षक तथा अजय मार्टिन उत्कृष्ट मिडफिल्डर घोषित भए। उपविजेता बनेको मनाङका हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर चुनिए। उत्कृष्ठ सबैले नगद २०-२० हजार हात पारे।

सर्वाधिक गोलकर्ता बनेका मनाङकै सुजल श्रेष्ठले १५ हजार प्राप्त गरे।

प्रतियोगितामा राइजिङ प्लेयर आयोजक राजा क्लबका खेलाडी विजय राई घोषित भए। उनले १० हजार प्राप्त गरे।

विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell