PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एफए कप : म्यानचेष्टर युनाइटेड प्रिक्वाटरफाइनलमा, डेब्युमा सान्चेजको प्रभाव



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर युनाइटेड प्रिक्वाटरफाइनलमा, डेब्युमा सान्चेजको प्रभाव

यही जनवरी ट्रान्सफर विन्डोमा आर्सनलबाट ओल्डट्राफोर्ड पुगेका एलेक्स सान्चेजले पहिलो खेलमै प्रभावकारी प्रदर्शन गर्दा म्यानचेष्टर युनाइटेडले एफए कपको चौथो चरणमा यिओभिल टाउनलाई ४-० ले पराजित गरेको छ। जितपछि युनाइटेड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

यिओभिलको मैदानमा भएको खेलमा युनाइटेडका लागि मार्कुस रासफोर्ड, आन्द्रे हरेरा, जेस लिनगार्ड र रोमेलु लुकाकुले एक-एक गोल गरे।

पहिलो रोजाईँमा खेलेका सान्चेजले युनाइटेडको डेब्यु खेलमा गोल गर्न नसकेपनि दुई गोलका लागि सहयोग गरेका थिए।

७२ मिनेटसम्म खेलेका सान्चेजले ४१औँ मिनेटमा रासफोर्ड र ६१औँ मिनेटमा हरेराको लागि पास उपलब्ध गराएका थिए। सान्चेजकै स्थानमा मैदान छिरेका लिनगार्डले खेलको अन्तिम मिनेटमा गोल गरे भने लुकाकुले इन्जुरी टाइममा गोल थपे।

यस्तै शेफिल्ड वेनसडे रिडिङलाई ३-१ ले पराजित गर्दै अनतिम १६ मा प्रवेश गरेको छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell