
युरोपेली फुटबल महासंघ (युइएफए)ले युरोपका राष्ट्रिय फुटबल टिमको स्तर सुधार गर्न र खेललाई अझै प्रतिस्पर्धात्मक बनाउका लागि भन्दै नयाँ संरचनामा आयोजना गर्न लागेको युइएफए नेशन्स लिगको ड्र सार्वजनिक भएको छ।
सन् २०२० को युरोकप हुनुअघि आयोजना हुने नेशन्स लिगमा युरोपका कूल ५५ सदस्य राष्ट्रलाई चार क्याटेगोरीमा विभाजन गरेर समूह चरणको ड्र गरिएको हो।
स्वीट्जरल्याण्डमा भएको ड्र अनुसार ए क्याटेगोरीमा रहेका जर्मनी, फ्रान्स र नेदरल्याण्ड्स एउटै समूहमा छन्।
यस्तै ए क्याटेगोरीकै बेल्जियम, स्वीट्जरल्याण्ड आइसल्याण्ड समूह बी, पोर्चुगल, इटली र पोल्याण्ड समूह सी तथा इंगल्याण्ड, स्पेन र क्रोएया समूह डी मा छन्।
यस्तो छ समूह विभाजन
यसैगरी बी क्याटेगोरीमा पनि १२, सी क्याटेगोरीमा १५ तथा डी क्याटेगोरीमा १६ राष्ट्र समावेश गर्दै ड्र सार्वजनिक गरिएको हो।
क्याटेगोरी ए मा रहेका चार समूहमा विजेताहरुले सन् २०१९ मा हुने नेशन्स लिगको फाइनलमा स्थान बनाउनेछन्। यस्तै चार समूहका अन्तिम स्थानमा रहने चार टिम सन् २०२० को नेशन्स लिगको क्याटेगोरी बी मा झर्नेछन्। यस्तै गरी बी, सी र डी क्याटेगोरीमा समूहविजेताहरु बढुवा हुनेछन् भने अन्तिम स्थानमा रहनेहरु घटुवा हुनेछन्।
नेशन्स लिगको खेलहरु सन् २०१८ को पहिलो साताबाट सुरु हुनेछ।
यसैगरी नेशनस लिगको लागि युइएफएले नयाँ ट्रफी पनि सार्वजनिक गरेको छ।
A first look at the #NationsLeague trophy 🏆🤩 pic.twitter.com/y94135cboP
— UEFA Nations League (@UEFAEURO) January 24, 2018