PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एनभिए अवार्ड : प्रतिभा र मान बहादुर उत्कृष्ट खेलाडी, एपीएफ र आर्मी उत्कृष्ट टिम घोषित

एनभिए अवार्ड : प्रतिभा र मान बहादुर उत्कृष्ट खेलाडी, एपीएफ र आर्मी उत्कृष्ट टिम घोषित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : न्यू डायमण्ड एकेडेमीका प्रतिभा माली र त्रिभुवन आर्मीका मान बहादुर श्रेष्ठ वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल भलिबल संघ (एनभिए)ले पहिलो पटक आयोजना गरेको एनभिए अवार्ड सेरेमोनीमा प्रतिभा उत्कृष्ट महिला तथा मान बहादुर उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन्। राष्ट्रिय टिमका सदस्य समेत रहेका दुवैले बेस्ट प्लेअर अवार्डसँगै नगद २५-२५ हजार हात पारे।

सोमबार राजधानीमा भएको अवार्ड समारोहमा एनभिएले वर्षको उत्कृष्ट खेलाडीसँगै खेलाडी र प्रशिक्षकका लागि विभिन्न ८ विधामा अवार्ड प्रदान गर्‍यो।

यस्तै २०७३ मा गरेको प्रदर्शनका आधारमा सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब वर्षको उत्कृष्ट टिमको अवार्ड पाएका छन्। एपीएफ महिलातर्फ उत्कृष्ट टिम घोषित हुँदा आर्मी पुरुषतर्फ उत्कृष्ट घोषित भयो।

सिटी ट्राभल्स एण्ड टुर्सको मुख्य प्रायोजनमा भएको एनभिए अवार्डको उत्कृष्ट टिम घोषित एपीएफ र आर्मीले समान ५० हजार हात पारे।

यसैगरी तात्कालिन आर्मीका प्रशिक्षक जगदिश भट्टले पुरुषतर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे। महिलातर्फको उत्कृष्ट अवार्ड एपीएफ महिला टोलीका प्रशिक्षक ज्ञानेन्द्र भट्टले प्राप्त गरे। दुवैले समान २५ हजार हात पारे।

इमर्जिङतर्फको दुवै अवार्ड अर्को विभागीय टोली नेपाल पुलिसका खेलाडीले हात पारे। पुलिसका विक विशाल पुरुषतर्फ इमर्जिङ खेलाडी घोषित हुँदा पुलिसकै कामना विष्टले महिलातर्फ इमर्जिङ खेलाडीको अवार्ड पाए। इमर्जिङ विधाका विजेताले नगद १५-१५ हजार प्राप्त गरे।

यस्तै गत वर्ष चैतमा माल्दिभ्समा भएको तेस्रो एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कास्य जित्दै नेपाललाई पुरुषतर्फ ऐतिहासिक पदक दिलाएका नेपाली पुरुष भलिबल टोलीलाई पनि एनभिएले सम्मान गरेको छ। एनभिएले पदक विजेता टोलीका १२ खेलाडी, २ प्रशिक्षक र म्याजेर गरी १५ जनालाई जनही २० हजार नगद प्रदान गरेको हो।

यस्तै नेपाल भलिबल टिमका पूर्व कप्तान महेन्द्र लाल श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मन्च एनएसजेएफ र रिम राना भाटलाई पनि एनभिएले दोसल्ला ओडाएर सम्मान गरेको छ।

यसैगरी एनभिंएले अवार्डसेरेमोनीमा क्षेत्रिय भलिबल संघ, जिल्ला भलिबल संघ र क्लब प्रतियोगिता गर्ने आयोजकलाई खेलकुद सामाग्रीसहित सम्मान पत्र समेत प्रदान गरेको थियो।

उत्कृष्ट खेलाडी तथा टिमहरुलाई राष्ट्रिय खेलकुसद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, एद्दभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले अवार्ड प्रदान गरे।

 

 

प्रतिभा माली : उत्कृष्ट महिला खेलाडी
मान बहादुर श्रेष्ठ : उत्कृष्ट पुरुष खेलाडी
जगदिश भट्ट : उत्कृष्ट पुरुष टिम प्रशिक्षक
ज्ञानेन्द्र विष्ट : उत्कृ्ष्ट महिला टिम प्रशिक्षक
विक विशाल : इमर्जिङ प्लेअर पुरुष
कामना विष्ट : इमर्जिङ प्लेअर महिला
उत्कृष्ट महिला टिम एपीएफकी कप्तान विनिता बुढाथोकी
उत्कृष्ट पुरुष टिम आर्मी
८ विधाका उत्कृष्ट खेलाडी तथा टिम
नेपाली भलिबल टिमका कप्तान इम राना
नेपाली राष्ट्रिय भलिबल टिम


ट्रेन्डिङ पोस्ट

Ncell