PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सरकारलाई विकासबारे सुझाव दिन वामदेवको संयोजकत्वमा वाम गठबन्धनको कार्यदल गठन



पहिलोपोस्ट

सरकारलाई विकासबारे सुझाव दिन वामदेवको संयोजकत्वमा वाम गठबन्धनको कार्यदल गठन

काठमाडौंः एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ।

आइतबार एमाले अध्यक्ष ओली निवासमा बसेको बैठकमा बाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए बमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सात सदस्यीय कार्यदल गठन गरिएको हो।

एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा एमालेबाट भीम रावल, डा विजय पौडेल, युवराज खतिवडा र माओवादी केन्द्रबाट वर्षामान पुन, गीरिराजमणि पोखरेल र डा मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन्।

आइतबारको बैठकले प्रदेश सरकारको गठन र राष्ट्रिय सभाको निर्वाचनबारे रिपोर्ट पेश गर्न बनेको संयुक्त कार्यदलको प्रस्तावलाई अनुमोदन गरेको छ। जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेद्वार रहनेछन्।

संयोजन समितिको बैठकले प्रदेश सरकार, मूख्य मन्त्री, सभामूख लगायतका पदहरुको विषयमा रिपोर्ट पेश गर्न कार्यदललाई थप समय प्रदान गरेको छ।

राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन्। शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेश गरेकोमा कार्यदललाई धन्यवाद दिएका थिए।

आइतबारको बैठकले एक–दुई दिन थप छलफल गरेर कार्यदल गठन गर्ने निर्णय गरेको छ। बैठकमा पार्टी एकता संयोजन समितिका सदस्य र संयुक्त कार्यदलका सदस्यहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell