PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिमियर लिग : चेल्सीको चार गोल



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीको चार गोल

प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४-० ले पराजित गरेको छ। ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले दुई तथा विलियन र भिक्टोर मोसेसले एक-एक गोल गरे।

खेलको तेस्रो मिनेटमै हाजारको गोलमार्फत अग्रता लिएको चेल्सीका लागि छैटौँ मिनेटमा विलियनले गोल गर्दै अग्रता दोब्बर पारे। दोस्रो हाफमा पनि दुई गोल गर्ने क्रममा चेल्सीका लागि हाजार्डले ७७औँ तथा मोसेसले ८९औँ मिनेटमा गोल गरे।

जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर युनांइटेडसँग अंक बराबरी गरेको छ। तर गोलअन्तर चेल्सी पछि छ। युनाइटेडले बर्नलीसँग खेलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell