PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आर्मीलाई पेनाल्टीसुटआउटमा हराउँदै पुलिसले जित्यो स्वर्ण



पहिलोपोस्ट

आर्मीलाई पेनाल्टीसुटआउटमा हराउँदै पुलिसले जित्यो स्वर्ण
फोटो : रासस

दाङ : राखेप च्याम्पियनसिपअन्तर्गत २८औँ राष्ट्रिय पुरुष फुटबलको उपाधि नेपाल पुलिसले जितेको छ। शनिवार भएको विभागीय डर्बी फाइनलमा पुलिसले त्रिभुवन आर्मीलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै स्वर्ण जितेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीबाट भएको छ। जसमा आर्मीका राजिव गुरुङ गोल गर्न असफल रहे भने पुलिसका पाँचै खेलाडीले पेनाल्टीमा गोल गरे।

सुटआउटमा पुलिसलाई जित दिलाउन सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र निर कुमार राईले गोल गरे।

आर्मीका लागि जर्ज प्रिन्स कार्की, हिरण्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरे।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा अर्को विभागीय टोली एपीएफले सुदूरपश्चिमलाई पेनाल्टीसुटआउटमै ४-३ ले पराजित गरेको छ। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।

एपीएफको लागि आशिस लामा, सन्तोष कटुवाल, मान बहादुर राना र सुमित आलले गोल गरे भने दीपक खड्का गोल गर्न असफल रहे। उता सुदूर का लागि प्रकाश हमाल, सुनिल धामी र राजन ठगुन्नाले मात्र गोल गरे। कृष्ण कठायत र मणी राम चौधरी गोल गर्न चुके।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell