PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जेपी डुमिनीले बनाए एकै ओभरमा ३७ रन



पहिलोपोस्ट

जेपी डुमिनीले बनाए एकै ओभरमा ३७ रन
फोटो : कोब्रास क्रिकेट ट्वीट

सुन्दा अचम्म लाग्न सक्छ। साधारण रुपमा हेर्दा पनि एक ओभरमा ६ बल हुन्छ र सबै बलमा छक्का प्रहार गरेपनि ३६ रन भन्दा बढी हुन सक्दैन। तर क्रिकेट अनिश्चितताको खेल हो र यसमा जे पनि हुन सक्छ भनेर यसै भनिएको होइन। एक बलले पनि क्रिकेटमा धेरै परितर्वन ल्याउँछ।

सन्दर्भ हो जेपी डुमिनीले एकै ओभरमा ३७ रन बनाएको विषय। दक्षिण अफ्रिकामा चलिरहेको मोमेन्टम वान कप क्रिकेटमा बुधबार डुमिनीले एडी लेइको एकै ओभरमा ३७ रन बनाए। तर उनले ६ छक्का प्रहार गर्न सकेनन्। यसले कीर्तिमान बनाउन पनि सकेन। आखिर भएको के थियो त?

मोमेन्ट कपमा नाइट्स विरुद्ध २४० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको डुमिनीको टिम केप कोब्राजले ३६ ओभरमा २ विकेट गुमाएर २०८ रन बनाएको थियो। ३० बलमा ३४ रन बनाएर खेलिरहेका डुमिनी ३७औ ओभरमा ब्याटिङ गर्न क्रिजमा पुगे। बलर थिए एडी। डुमिनीले सुरुको चार बलमा लगतार ४ छक्का प्रहार गरे। पाँचौ बलमा २ रन लिए र स्ट्राइकमा रहे। त्यसपछि छैटौँ बलमा चौका प्रहार गर्दा अम्पायरले त्यसलाई नो बलको संकेत गरे र पाँच रन जोडे। अनी उनले अर्को बल खेल्ने मौका पाए। अन्तिम बलमा पनि डुमिनीले छक्का नै प्रहार गरे र एकै ओभरमा ३७ रन बनाए।

लिस्ट ए क्रिकेटको एकै ओभरमा सर्वाधिक रन प्रहार गर्ने डुमिनी दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् २०१३ मा जिम्वावेका एल्टन चिगमबुराले ढाका प्रिमियर लिगमा एलाउदिन बाबुको एकै ओभरमा ३९ रन बनाएका थिए।

यस्तै वान डे क्रिकेटमा एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाका हर्सेल गिब्सको नाममा छ। उनले सन् २००७ को विश्वकपमा नेदरल्याण्ड्सका डन भा बुङ्गेलाई लगातार ६ छक्का प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell