PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओली र प्रचण्डबीच तीन घण्टमा तीन बुँदामा छलफल



पहिलोपोस्ट

ओली र प्रचण्डबीच तीन घण्टमा तीन बुँदामा छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ। 

एमाले अध्यक्ष ओली बैंककबाट स्वास्थ्य उपचार गरी फर्केपछि दुई नेताबीच यो पहिलो भेट हो। राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे छलफल गर्न ओली निवास बालकोटमा भेटवार्ता भएको हो। 

भेटमा दुई अध्यक्षहरुबीच करीब ३ घण्टा वार्ता भएको र तीन बुँदामा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 


यी हुन् छलफलका तीन बुँदा


१. कार्यदलले राष्ट्रिय सभा गठनका विषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय गरेका छन। 

२. प्रदेश सरकार गठनका विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ।

३. पार्टी एकताका विषयमा पनि छलफल भएको छ। यसलाई अन्तिम रुप दिनका लागि भोलि पुन: अध्यक्षबीच थप गृहकार्य गर्ने गरी छलफल गर्ने र माघ ७ गते  पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell