PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रेमी फेरिरहने प्रेमिका परिन् प्रहरीको पासोमा



सविन ढकाल

प्रेमी फेरिरहने प्रेमिका परिन् प्रहरीको पासोमा

काठमाडौं : लागूऔषध नियन्त्र व्यूरोको टोलीले विहीवार दिउँसो काठमाडौंको ठमेलबाट दुई विदेशी नागरिकलाई १ केजी ९ सय ग्राम कोकिन सहित समात्यो।

प्रहरीले पक्राउ गरेकामध्ये एक जना थिइन् २८ वर्षीया थाइल्यान्ड युवती खुनजई खनरात। थाइल्यान्डकी खनरातको एउटा गजवको सौख – प्रेमी फेर्ने। त्यही सौख नै उनको जीवनकै सवैभन्दा ठूलो गलपासो बन्यो।

अध्यायन बीचैमा छाडेर थाइल्यान्डमा साधारण काम गर्दै आएकी खनरात प्रेमी फेरिरहन्थिन्। उनका प्रेमी जो पनि हुन पाउँदैन थिए। उनको रोजाइ रोचक थियो। यी थाइ युवती अफ्रिकी मुलका निग्रोहोलाई मात्र आफ्नो प्रेमी बनाउँथिन्। त्यसैले उनका अधिकांश प्रेमी अफ्रिकन थिए। प्रहरी बयान उनले आफ्नो प्रेमीबारे खुलेर बताएको डिआइजी ठूले राई बताउँछन्। यतिसम्म कि नयाँ प्रेमी खोज्न उनी थाइल्यान्डबाट विभिन्न देश पुग्थिन्। 

युवती खनरातले एउटै प्रेमीसँग लामो समय बिताउँदैन थिइन्। नयाँ प्रेमी सधै उनको खोजीमा हुन्थ्यो। यसैक्रममा पछिल्लो समय एक नयाँ प्रेमी थिए। उनले खनरातलाई नेपाल घुम्न जाने प्रबन्ध मिलाएका थिए। प्लेन टिकटदेखि होटेलको व्यवस्था समेत उतैबाट गरिदिएका थिए।

उनलाई ब्राजिलबाट इथियोपिया र भारतको रुट हुँदै नेपाल जाने प्रबन्ध मिलाएका थिए उनका प्रेमीले। युवती खनरातको साथमा उनले थमाइदिए कालो सुटकेस। उनलाई सुटकेसमा के थियो भन्ने थाहा नभएको प्रहरीको दावी छ। डिआइजी ठुले राई भन्छन्, 'के थियो भन्ने थाहा नभए पनि सामान हो, फलानोलाई दिनु भनेर जानकारी गराएको हुनुपर्छ।'

प्रेमीले थमाएको सुटकेस लिएर उनी नेपाल आइन्। नेपाल आएको केही दिनमा नै उनलाई प्रहरीले ठमेलबाट पक्राउ गर्यो। उनले ल्याएको सुटकेसमा कार्वोन पेपरले बेरेर फल्स बटम बनाइ करिब २ केजी कोकिन राखिएको थियो।

२८ वर्षीय खनरात अहिले प्रहरीको हिरासतमा छिन्। उनलाई कोकिन बोकाएर पठाउने बाइफ्रेन्डको नाम पहिचान भइसकेको छ। खनरात नेपाल हुँदै थाइल्यान्ड कोकिन पुर्याएवापत ३ हजार डलरसमेत दिने बचन दिएका थिए। लागू ‌औषध तस्करले नयाँ तथा पैसाका लोभमा पर्नेलाई नै भरिया बनाएर पठाउने गरेको प्रहरीको दावी छ।

लागू औषध नियन्त्र व्यूरोले डेढ वर्षको अवधिमा तीन पटक गरेर ८ केजी कोकिनसहित केही मानिस पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell