PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जिरीमा लाटोकोसेरो उत्सवको आकर्षण: लाटोकोसेरो रोबोट, चरा अवलोकन तथा टुटु खेल प्रदर्शन



पहिलोपोस्ट

जिरीमा लाटोकोसेरो उत्सवको आकर्षण: लाटोकोसेरो रोबोट, चरा अवलोकन तथा टुटु खेल प्रदर्शन
फोटो: प्रकृतिका साथीहरु

दोलखा: जिल्लाको जिरीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७४’ आयोजना हुने भएको छ।
लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौँ १ नाराका साथ महोत्सव १९ र २० गते दुई दिनसम्म हुनेछ।

स्थानीय संस्था युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरु गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो। उत्सव सञ्चालनका लागि स्थानिय युवा एवं संजालका अध्यक्ष केन्द्रज्योती खड्काको संयोजकत्वमा १८ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ।

उत्सवका सह आयोजकको रुपमा जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजनासमेत रहेका छन्।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए।

अमेरिका र इटालीमासमेत हुने लाटोकोसेरो उत्सव नेपालमा मनाउन थालिएको ७ वर्ष भएको छ।

उत्सवमा पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी अस्थायी लघु म्युजियम प्रदर्शनी, टुटु लगाएतका स्थानीय लोपोन्मुख खेलहरुको समेत प्रर्दशनी गरिनेछ। रातीमा लाटोकोसेरोकोे महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ। दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटाकोसेराको अन्य सामग्री सम्बन्धी प्रदर्शन गरिनेछ।

उत्सवमा स्थानीय शेर्पा नाच, जिरेल नाच, नेवार नाचसमेत प्रदर्शनी गरिनेछ। उक्त अवसरमा स्थानिय विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कविता, तथा निबन्ध प्रतियोगितासमेतको आयोजना र प्रदर्शनी गरिन्छ।

सोही अवसरमा एक फीट अग्लो लाटोकोसेरोको रोबोट समेत प्रदर्शनी गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell