PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बोलेरो पल्टँदा तीन जनाको मृत्यु



तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बोलेरो पल्टँदा तीन जनाको मृत्यु

काठमाडौं: सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिकामा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

आज साँझ तातोपानीबाट बाह्रबिसे आउँदै गरेको ना १ च ९९५० नम्बरको बोलेरो पल्टँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए।

तीव्र गतिमा आएको बोलेरो सडकमै पल्टँदा बाह्रबिसेकै गोमा तामाङ, पासाङ तामाङ र समीक्षा गुरुङको मृत्यु भएको उनले बताए।

दुर्घटनापछि उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा सकुशल रहेका चालकलाई भने इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell