PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिला भलिबलको कोसेढुंगा : ढोरपाटन डबल लिग भलिबल



गोविन्दराज नेपाल

महिला भलिबलको कोसेढुंगा : ढोरपाटन डबल लिग भलिबल

काठमाडौं : १३औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आजबाट गंगबुस्थित ढोरपाटन भलिबल ट्रनिङ सेन्टरमा सुरु भएको छ। आज भन्दा झण्डै १४ वर्ष अघि बागलुङका केही साथीहरुसँग मिलेर सुरु गरेको प्रतियोगिताले अहिले राष्ट्रिय स्तरमा ठूलो चर्चा कमाएको छ। त्यसमा दंग छन् ढोरपाटन स्पोर्ट्स क्लबका अध्यक्ष मनबिर छन्त्याल। प्रतियोगिताको १२ संस्करण सफलता पूर्वक पूरा गरिसक्दा धेरै उतारचढाव आए।

२०६१ सालमा पहिलो पटक आयोजना गर्दा सानो पुरस्कारबाट सुरु भएको ढोरपाटन भलिबल प्रतियोगिता अहिले राष्ट्रिय स्तरमै ठूलो पुरस्कार राशीको प्रतियोगिता बनेको छ।

छन्त्याललले यसैबाट टिकट सिस्टम सुरु गरे। प्राइज मनी राखे। राष्ट्रिय खेलाडीहरु उत्पादनको थलो बनाए। आफ्नै क्लबबाट राष्ट्रिय खेलाडी उत्पादन गरे।  

अहिलेसम्म के पाउनु भयो त ढोरपाटन प्रतियोगिता गरेर? 'नेपाली भलिबलमा केही विकास भएको जस्तो लाग्छ। म चाँही जहाँको त्यँही छु। ढोरपाटन प्रतियोगिताको पुरस्कार र प्रायोजन रकमा वृद्धि भइरहेको छ। यहीबाट धेरै खेलाडीले चम्किने अवसर पाए र राष्ट्रिय टोलीसम्म स्थान बनाए। यस्तै खेलाडीले स्कुटर पाउन थाले। ढोरपाटनले खेलाडीको स्तर समेत बढायो। छन्त्यालले साराशंमा यती भने।'

अहिले ढोरपाटन महिला डबल लिग भलिबल नेपाली भलिबलको पर्याय जस्तै बनेको छ। त्यसमा भने छन्त्याल खुशी छन्। थोरै भएपनि नेपाली भलिबलमा केही सहयोग पूर्‍याउन सकेकोमा उनी छान्छन्।

देशमा संकटकाल लाग्दा समेत ढोरपाटन भलिबल प्रतियिगता निरन्तर भइरह्यो। 'संकटकालमा ज्यान जोगाउन गाह्रो हुँदा पनि हामी भलिबल गर्न सफल भयौँ।' छन्त्याल सम्झिन्छन्, 'कतिपयले भन्ने गर्छन् ढवरपाटन भलिबलले गर्दा नेपाली भलिबल यो स्थानसम्म आइपुगेको छ।'

२०६१ सालमा ढोरपाटन भलिलबलको पहिलो संस्करण टुडिखेलमा भएको थियो। उनले पहिलो संस्करणदेखि नै भलिबल हेर्न टिकट सिस्टम राखे। त्यतिबेला टिकट मूल्य थियो रु १०। तर त्यसको आलोचना हुन थाल्यो। नेपाल भलिबल संघ एनभिएका पदाधिकारीलहरुले नै छन्त्याल विरुद्ध लागे। 'छन्त्यालले टिकट राख्यो। यसलै पैसा खाल लागेको हो। कारवाही गर्नुपर्छ भने। तर म पछि हटिन पछि कारवाही पनि भएन।' सुरुवाती समय यसरी रिकल गर्छन् छन्त्याल।

उनले पहिलो संस्करणमा पुरस्कार राशी १० हजार समेत राखेका थिए। यस्तै प्राइज मनी राख्दा पनि उनको आलोचना भयो। एनभिएकै पादिधकारीले नगद पुरस्कार पनि नराख्न भन्यो। उनले विजेतालाई नगद नै दिन थाले। त्यसपछि पुरस्कार रकम ३० हजार ५० हजार हुँदै बढ्दै गयो। अहिले च्याम्पियन हुनेले ३ लाख भन्दा बढी पाउँछन्। यसमा उनी दंग छन्। 'मैले आफू पैसा खानलाई होइन खेलाडीहरुलाई नै व्यावसायीक बनाउनुपर्छ भलिबलको विकास गर्नुपर्छ भनेर यसो गरेको हुँ।' छन्त्याल भन्छन्। 'आजको टिकटको सिस्टम बसेको छ। सबैले प्राइज मनी पनि राखेका छन्।'

 

यसरी सुरु भयो ढोरपाटन भलिबल

२०४८ सालतिर काठमाडौं आएका छन्त्याल ब्याचलर्स पढ्न काठमाडौंको ताहचल क्याम्पसमा भर्ना भए। उनले म्याथ र फिजिकल एजुकेशन विषय पढ्दै थिए। त्यसै बेला एक जना जापानी गुरुसँग उनको भेट भयो। हिरोइज मिजितानीले फिजिकल पढाउँथे। तिनै जापानी गुरुसँग मैले धेरै कुरा सिक्न पाए। त्यसपछि म मा पनि प्रेरणा जाग्यो। केही गर्नुपर्छ भन्ने लाग्यो।'

भलिबलसँगै पढाइलाई पनि सँगै अगाडी बढाएका छन्त्यालले म्याथमै कीर्तिपुरबाट डिग्री गरेँ।

काठमाडौंमा म पढाईसँगै विभिन्न स्कुलमा भलिबल पनि सिकाउँथे। त्यसबाट आएको पैसाले पढ्ने र खाने बस्ने काम गर्थे। उनी आफूमात्र भलिबल खेलेनन्, काठमाडौंका विभिन्न स्कुलका विद्यार्थीलाई पनि भलिबल खेल कला सिकाए।

त्यति नै बेला छन्त्यालले काठमाडौंमा भलिबलका खेलाडी, पदाधिकारी, रेफ्री लगायत सबैलाई भेटिसकेका थिए।

'अब खेलेर मात्र हुँदैन आफै टुर्नामेन्ट पनि गर्नुपर्छ भन्ने सोच आयो। त्यसपछि साथीभाईसँग मिलेर खसी कप, कुखुरा कप सुरु गर्‍यौँ।' त्यसपछि उनलाई प्रतियोगिता गर्न क्लबको महसुस भयो र बाग्लुङका साथीहरुसँग मिलेर आफैँ क्लब खोले। २०६१ सालमा सिंघ बहादुर राना दाइको प्रस्तावमा ढोरपाटन स्पोर्टस् क्लबको नामाकरण भयो। सुरुमा ११ सदस्यी कमिटी बनाए।

त्यसपछि अब भलिबलमै केही गर्नुपर्छ भन्ने उदेश्यले ढोरपाटन भलिबल प्रतियोगिताको जन्म भयो। सुरुमा महिला र पुरुष दुवै विधामा ढोरपाटन भलिबल आयोजना हुन्थ्यो। पहिलो संस्करणमा १४ टिमले सहभागिता जनाएको थियो। चौथो संस्करणपछि पुरुषको प्रतियोगिता निरन्तरता पाउन सकेन। महिलाको प्रतियोगिता भने निरन्तर गरिरहेका छौँ।

१३औँ संस्करणमा १२ टोलीले डबल लिगका आधारमा प्रतिस्पर्धा गर्दैछन्। यस पटक धेरै टिमको सहभागिता भएका कारण छन्त्यालले आफ्नै क्लबको टिम सहभागि गराउन पाएनन्।

यस्तै अहिले प्रायोजकले समेत ढोरपाटन भलिबलललाई मार्क गर्न थालेका छन्। अहिले प्रायोजकहरु पनि ढोरपाटन भलिबलको लागि प्रायोजन चाहियो भन्दा नै दंग पर्छन्। त्यसले हामीलाई दंग पार्छ। त्यसमै ५० प्रतिशत प्रायोजन ओके भएजस्तो लाग्छ। छन्त्यालले भने।

पहिलो संस्करणदेखि १२औँ संस्करणसम्म ढोरपाटन ब्लइ स्काई कपको नाममा प्रतियोगिता सञ्चालन हुन्थ्यो। अहिले ढोपाटनले नयाँ प्रायोजक रेडबुलको साथ पाएको छ।

रेडबुलले ढोरपाटन भलिबललाई ३ वर्ष प्रायोजन गर्ने सम्झौता गरिसकेको छ र यसवापत् रेडबुलले प्रत्येक वर्ष ११ करोडका दरले ३ वर्षमा ३३ लाख आयोजकलाई प्रदान गर्नेछ।

 

राष्ट्रिय खेलाडी उत्पादन

ढोरपाटन भलिबल राष्ट्रिय महिला खेलाडी उत्पादन गर्ने ठाउँ समेत बनेको छ। त्यँहीबाट धेरै खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाए।

यहाँबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन्। गत वर्ष तारा भण्डारीले राइजिङ प्लेअर हुँदै स्कुटर पाइन्। मन्जु गुरुङ देखि लिएर प्रतिभा माली सम्मले यही खेले। आज उनीहरुले जुन नाम पाएका छन्त्यसमा डोरपाटनको योगदान पनि छ। यस्तै अरुणा शाही, रमिला तन्डुकार लगायत खेलाडी पनि यहीबाट उदाए।

प्रतियोगितामा मात्र होइन छन्त्यालको आफ्नै क्लबबाट समेत खेलाडी उत्पादन गरेका छन्। कोपिला उप्रेती हामीसँगै ट्रेनिङ गरेका खेलाडी हुन्। उनी अहिले राष्ट्रिय टिमको सदस्य छिन्। 

उत्कृष्ट खेलाडीहरुले स्कुटर पुरस्कार पाउने भएका कारण पनि प्रतियोगिताले चर्चा पाएको छन्त्यालको बुझाई छ।


लक्ष्य आफ्नै मैदान

पुरस्कार राशी पनि बढ्यो, टिकटको सिस्टम बस्यो, प्रायोजक बढ्यो अब के त? मनबिर छन्त्यालेको योजना छ अब आफ्नै भलिबल कोर्ट बनाउने।

'हामीले सुरुमा टुडिखेलमा गर्‍यौँ, त्यसपछि कान्तिपुर मल अगाडी गर्‍यौँ। गत वर्षबाट ढोरपाटन ट्रेनिङ सेनटरमा प्रतियोगिता गरिरहेका छौँ। दर्शकहरु धेरै आउँछन् ठाउँ अभाव भइसक्यो', छन्त्यालले भने 'अब कतै जग्गा खोजेर आफ्नै क्लबको भलिबल कोर्ट बनाउने लक्ष्य छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell