PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दुई नम्बर प्रदेशमा दुई नेतापत्नी राजपाबाट समानुपातिक सांसद



पहिलोपोस्ट

दुई नम्बर प्रदेशमा दुई नेतापत्नी राजपाबाट समानुपातिक सांसद

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई नम्बर प्रदेश सभामा समानुपातिकतर्फ दश सिट पाएको छ। समानुपातिक नाम मिलाउने विषयमा निर्वाचन आयोग र राजपाबीच पटकपटक विवाद हुँदै आएको थियो।

राजपाले पठाएको अन्तिम सूचीमा राजपाका दुई नेता पत्नीको नाम समावेश भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल कुमार झाका पत्नी डा.डिम्पल झा प्रदेश सांसद हुने भएकी हुन्। 

दोस्रो संविधान सभामा अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीले एकमात्र सिट पाएको थियो। जसमा झाले आफ्ना पत्नी झालाई सांसद बनाएका थिए। उनी पार्टीका प्रवक्तासमेत थिइन्। राजपामा पार्टी एकीकृत भएपछि पनि डा. झा प्रवक्ता नै हुन्।

त्यस्तै, सर्लाही क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा विजयी प्रमोद साहकी पत्नी निरा कुमारी साह पनि समानुपातिकबाट प्रदेश सांसद हुने भएकी छिन्। 

प्रमोद साह तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्ष थिए भने अहिले राजपाको जिल्ला अध्यक्ष मण्डलका सदस्यसमेत हुन्। तर, साहकी पत्नी निरा साह राजनीतिमा सक्रिय छैनन्। 

सांसद साह राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका विश्वासपात्र हुन्। महतोको दबाबमा निरालाई प्रदेश सांसद बनाइएको हो। 
धनुषाकी विभा ठाकुरको नाम हटाएर महतोले निराको नाम राखेको राजपाका एक महासचिवले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell