PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पुरुष राष्ट्रिय फुटबल : आर्मी र पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

पुरुष राष्ट्रिय फुटबल : आर्मी र पुलिस सेमिफाइनलमा

दाङ : दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस राखेप च्याम्पियनसिपअन्तर्गत दाङमा भइरहेको २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

आर्मीले पूर्वाञ्चललाई २–० गोलले पराजित गर्‍यो। आर्मीलाई जित दिलाउन विवेक बस्नेतले १७औं तथा दीप लामाले ८८औं मिनेटमा गोल गरे।

यस्तै पुलिसले पश्चिमाञ्चललाई ४–० गोलले हरायो। पुलिसका लागि सुमन लामाले २ तथा निर कुमार राई र भोला सिलवालले एक-एक गोल गरे। लामालेले ३१औँ र ६४ औं मिनेटमा गोलगरे भने निरकुमार राईले २८औं र भोला सिलवालले ४३औं मिनेटमा गोल गरे।

बुधबारको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ। अब सेमिफाइनल पुलिसले एपीएफ तथा आर्मीले सुदूरपश्चिमाञ्चलसँग खेल्नेछ। दुवै खेल बिहीवार हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell