PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश २ मा पूर्व सचिव कायस्थ र ५ मा पूर्वमन्त्री झा* प्रदेश प्रमुख तोकिए



बीपी साह

प्रदेश २ मा पूर्व सचिव कायस्थ र ५ मा पूर्वमन्त्री झा* प्रदेश प्रमुख तोकिए

काठमाडौँ : मन्त्रिपरिषद्ले ५ नम्बरको प्रदेश प्रमुखमा तोकेका उमाकान्त झा पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव पनि हुन्। हाल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री हुन्।

२०३५ सालमा सिचाइ विभागको इन्जिनियर पदबाट सरकारी जागिर सुरु गरेका झाले २०६९ सालमा नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका थिए । 

खिलराज रेग्मी नेतृत्वको सरकारमा उनी तत्कालिन मधेशी मोर्चाको तर्फबाट उर्जा, सिचाई, विधान तथा प्रविधि मन्त्री भएका थिए। 

धनुषा जिल्लाको कम्हरौल गाउँमा सन् १९५६ मा जान्मेका झा महेन्द्रनगर हाई स्कुलबाट २०२९ सालमा एसएलसी दिएका थिए भने रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामबाट आइएसी गरेका हुन् ।

भारतको इलहावादस्थित मोती लाल नेहरु रिजनल इन्जिनियरिङ्ग कलेजबाट झाले बीइ सिभिल इन्जिनियरिङ्ग गरेका छन् । 

इन्जिनियरिङ्ग सकेपछि उनले २०३५ सालमा सरकारी जागिरमा प्रवेश गरेका थिए । 

उनी २०७१ सालमा महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीको साधारण सदस्यहका रुपमा काम गर्न थाले । त्यसअछि उनी पार्टीको केन्द्रीय सदस्य भए र अहिले राष्ट्रिय जनता पार्टीका महामन्त्री हुन् । 

उनी राजपाका संयोजक महन्थ ठाकुरका सम्धीसमेत हुन् ।
 

रत्नेश्वर लाल कायस्थ 

मन्त्रिपरिषद् बैठकले दुई नम्बर प्रदेशका प्रदेश प्रमुखमा नेपाल सरकारका पूर्व सचिव एवं संघीय समाजवादी फोरम नेपालका सचिव रत्नेश्वर लाल कायस्थलाई सिफारिश गरेको छ।

दोस्रो मधेश आन्दोलन पश्चात मधेश राजनीतिमा प्रवेश गरेका कायस्त मधेशी जनअधिकार फोरम नेपालको पहिलो महाधिवेशनबाट पार्टीको सचिव र प्रवक्तामा चयन भएका थिए। सन् १९६५ बाट नहर विभागमा जागिर सुरु गरेका कायस्थ २००२ मा सरकारको सचिव पदबाट रिटायर भएका थिए। त्यसपछि उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए।

महोत्तरी जिल्लाको सुगा गाउँ हाल जलेश्वर नगरपालिकामा सन् १९४४ मा जन्मेका कायस्त स्थानीय लचमु उच्चांगल विद्यालयबाट एसएलसी सम्मको अध्ययन गरेका थिए भने काठमाडौं स्थित त्रिचन्द्र कलेजबाट आइएससी गरेका थिए।

विद्यालय र कलेजमा पनि उनी सधैं प्रथम हुँदै आएका थिए । आइएसी पछि उनी विटेक सिभिल इन्जिनियरिङ्ग भारतको वेस्ट बंगालस्थित आइआइटीबाट गरेका थिए । नेपाल सरकारको जागिर गर्दागर्दै उनी डिआइसी र एमएसी इम्पेरियल कलेज अफ लण्डनबाट गरेका छन् ।

कायस्थ का दुई जना छोरा र दुई जना छोरी छन् ।

*यसअघि प्रदेश प्रदेश २ मा पूर्व सचिव कायस्थ र ५ मा पूर्वमन्त्री झा हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।-सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell