PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आरोप पुष्टि गर्न सुमार्गीलाई 'कान्तिपुर'को चुनौती, जग्गा विवादबारे स्पष्टीकरण



आरोप पुष्टि गर्न सुमार्गीलाई 'कान्तिपुर'को चुनौती, जग्गा विवादबारे स्पष्टीकरण

काठमाडौँ: व्यवसायी तथा थाहा मिडिया ग्रुपका प्रमुख अजेयराज सुमार्गीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै लगाएका आक्षेपहरु एक एक गरी पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपले चुनौति दिएको छ। 

कान्तिपुरले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायहरूले ‘अवैध’ ठहर गरेको कारोबार एवम् रकम ‘वैध’ रहेको ठहर गर्ने र त्यसको कानुनी स्रोत खुलाउनुको साटो आफ्नो अवैध आर्थिक कारोबारबारे समाचार लेख्ने सञ्चारगृहविरुद्ध विषवमन गरेको भन्दै त्यसको भत्सर्ना गरेको छ। 

कान्तिपुरले आफ्नो विज्ञप्तिमा सुमार्गी लक्षित समाचारका लागि तीन वटा बूँदासमेत उल्लेख गरेको छ-
 

- केही वर्षअघि सामान्य आर्थिक हैसियत भएका व्यक्तिले एउटा राजनीतिक समूह विशेषस“गको सान्निध्यमा अस्वाभाविक रूपमा फैलाएको आर्थिक साम्राज्य, जसको स्रोत खुलेको छैन । 
- जसको करिब साढे ३ अर्ब रुपैयालाई नेपाल राष्ट्र बैंकले ‘शंकास्पद’ ठहर गर्दै तीन वर्षदेखि दुइटा बैंकहरूमै ‘सिल’ गरिदिएको छ । सुमार्गीले त्यसअघि ल्याएको करिब साढे ८ अर्बलाई पनि राष्ट्र बैंकले शंकास्पद मान्दै ती सबै रकमको स्रोत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाएको छ। 
-  शुद्धीकरण विभागले प्रहरीको सीआईबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा उनको रकमलाई ‘अवैध’ ठहर गरिएको छ । र, हाम्रो समाचार मूलतः त्यही प्रतिवेदनमा आधारित हो । 

'देशभित्रबाट अनियमितता–सिर्जित कालो धन विदेश पु¥याउने, त्यसलाई ‘सेल कम्पनी’ मार्फत ‘विदेशी लगानी’ भन्दै ल्याउने र यहा“ ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को जुन सिलसिला चलिरहेको छ, त्यो रोकिनुपर्छ भन्ने हाम्रो मान्यता हो', कान्तिपुरको विज्ञप्तिमा उल्लेख छ। 

जग्गा विवाद : आरोप र बचाऊ

आफ्नो पत्रकार सम्मेलनमा सुमार्गीले अहिलेको विवादको मुख्य विषयमध्ये एक रहेको जग्गा विवाद बारे भनेका थिए,
'२०७० सालमा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मबीच जग्गा कारोबार भएको तथ्य यहाँहरूको जानकारीमा आइसकेको छ। जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न  उद्यत देखिएका छन्। जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ। २६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्र्याएको ऋण लगानी ‘जफत हुने अवस्थामा पुगेको’ भनी लेखिएको छ।उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बदनाम गर्ने एक मात्र उद्देश्यले निर्देशित थियो।  म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो। राज्यको प्रचलित कानुनबमोजिम नै थियो।दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ। त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो। मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो। त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ। अहिले  सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ।  यो ‘ब्ल्याकमेलिङ’ नै हो। यसबारे मैले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको छु भने सम्मानित काठमाडौं जिल्ला अदालतमा २५ करोड रूपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरिसकेको छु।'

जग्गा विवादबारे कान्तिपुरको स्पष्टिकरण यस्तो छ-
जहाँसम्म उनले कैलाश सिरोहिया र रामेश्वर थापासमेतको नाममा रहेको काठमाडौं, तीनकुनेको जग्गा किनेको सन्दर्भ छ, त्यसबारे पनि हामी प्रस्ट्याउन चाहन्छौं । उक्त जग्गा आफूलाई आवश्यक नरहेको परिप्रेक्ष्यमा हामीले बिक्री गर्ने निर्णय लिएपछि एउटा वाणिज्य बैंकका सीईओको सहजीकरणमा खोजिएका खरिदकर्ता (सुमार्गी) लाई त्यो बेचिएको थियो । सुमार्गीसँग उक्त जग्गाको कारोबार त्यसै बेला अन्त्य भइसकेको सन्दर्भमा, झन्डै चार वर्षपछि अहिले आएर अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक छैन । निज सुमार्गीसँग त्यो जग्गाको एउटा कारोबारबाहेक कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको कहिल्यै कुनै आर्थिक कारोबार भएको/गरिएको छैन । भूकम्पले हाम्रो भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीं–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन । यस्तो पृष्ठभूमिमा निजसँग सम्पर्कमा रहेको या धम्क्याएको जस्ता सम्पूर्ण आरोपहरू बिल्कुलै निराधार हुन्।

यस्तो छ सुमार्गीको आरोप

कान्तिपुर मिडिया ग्रुपले म र म आबद्ध संस्थाहरूविरुद्ध नियोजित रूपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएकोमा त्यसबारे स्पष्ट गर्न आवश्यक ठानेर आज मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ। वि. सं. २०२९ देखि मेरो परिवार व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएको यहाँहरूलाई जानकारी नै छ।

पछिल्लो एक दशकयता मैले मेरा व्यवसायहरू विस्तार गर्ने क्रममा वैदेशिक ऋण एवं लगानीलाई समेत आधार बनाएको थिएँ। विदेशबाट लगानी ल्याउने कुराले मुलुकको हित हुनेमा विवाद छैन। चार वर्षअघि यही स्थानमा पत्रकार सम्मेलन गरेर मैले मेरा व्यवसाय र त्यसमा भइरहेको तथा हुने वैदेशिक ऋण एवं लगानीबारे जानकारी गराएको स्मरण गराउन चाहन्छु। मैले नेपाल सरकारका निकायहरूबाट तत्कालीन प्रचलित कानुनबमोजिम वैदेशिक ऋण लगानी भित्र्याएको हुँ। सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढंगले ल्याएको छु। ल्याएको र ल्याउने क्रममा रहेको वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको छु। २०७० सालमा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मबीच जग्गा कारोबार भएको तथ्य यहाँहरूको जानकारीमा आइसकेको छ। जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न  उद्यत देखिएका छन्। जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ।

२६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्र्याएको ऋण लगानी ‘जफत हुने अवस्थामा पुगेको’ भनी लेखिएको छ।उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बदनाम गर्ने एक मात्र उद्देश्यले निर्देशित थियो।  म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो। राज्यको प्रचलित कानुनबमोजिम नै थियो।दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ। त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो। मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो। त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ। अहिले  सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ।  यो ‘ब्ल्याकमेलिङ’ नै हो। यसबारे मैले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको छु भने सम्मानित काठमाडौं जिल्ला अदालतमा २५ करोड रूपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरिसकेको छु।

मेरो बारेमा पटक पटक सामग्री प्रकाशन/प्रसारण गर्दासमेत मसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन, जुन विषय पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ। यसमा कान्तिपुरले जे गरे पनि हुन्छ भन्ने घमण्ड प्रतिविम्बित भएको छ। मैले पठाएको खण्डनलाई समेत उक्त अखबारमा अपांग पारी छापिएको छ। यसबाट सिरोहियाको कपटपूर्ण उद्देश्य पूर्तिका लागि त्यसका प्रधानसम्पादकसमेत संलग्न भएका छन्।  नेपालको संविधानले व्यक्तिको सम्पत्तिको हकलाई सुनिश्चित गर्दै कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुने गरी सुनिश्चित गरेको छ। मेरा व्यक्तिगत जीवन र कारोबारहरूविरुद्ध झूठा लाञ्छना लगाई कपोलकल्पित रूपमा प्रकाशन तथा प्रशारण गरी मेरो संविधानप्रदत्त मौलिक हकमा समेत आघात पुर्‍याउने कुचेष्टा गरेको स्पष्टै छ। सरकारी प्रक्रियामा रहेको मेरो वैदेशिक ऋण तथा लगानीसम्बन्धी विषयलाई ‘शंका, आशंका, सम्भावना, हुन सक्ने’ जस्ता शब्दको सहारामा नेपाल साप्ताहिक, कान्तिपुर नेपाली दैनिक, द काठमान्डु पोस्ट अंग्रेजी दैनिक, कान्तिपुर टिभी र रेडियो कान्तिपुरका बुलेटिनहरूमा दर्जनौँ पटक र द काठ्मान्डु पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ।

एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ। कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ। मेरा व्यावसायिक फर्ममार्फत नेपालमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जुन गोप्य अनुसन्धान प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले दिएको समाचारप्रति मेरो शंका छ। ‘अवैध धन, कालो धन्दा, कालो धन’ जस्ता शब्दको सहारामा राष्ट्रसेवक कर्मचारीहरू समेतलाई अफवाहमार्फत दबाब पैदा गर्ने उसको नियत देखिन्छ। ‘विदेशबाट आउने त्यस्तो लगानी आतंककारी क्रियाकलापमा प्रयोग हुन सक्ने’ भन्नेजस्ता निराधार टिप्पणी संप्रेषण गर्ने प्रकाशक/सम्पादकलाई म प्रश्न गर्न चाहन्छु, के सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो? वा, नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो? निज कैलाश सिरोहियाले आफ्नो सञ्चार माध्यमको दुरूपयोग गरेर मेरो सामाजिक प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएका छन्।नियोजित रूपमा गरिएको यस्तो प्रहारबाट मेरो सम्झौता भइसकेको वैदेशिक ऋण लगानी प्रभावित हुन सक्ने र थप लगानीसमेत प्रतिकूल असर पर्नसक्ने देखिन्छ। मेरा आयोजनाहरूमा पर्याप्त लगानी नपुगेर पूर्णता नपाउने वा उत्पादनमा ह्रास हुने अवस्था आएको छ। सरकारी निकायहरूमा नकारात्मक सन्देश प्रवाहित भएर मेरो कामकारबाही प्रभावित हुन सक्ने अवस्थासमेत सिर्जना भएको छ।

कान्तिपुर मिडिया ग्रूपको निरन्तरको बदनियतपूर्ण सामग्रीबारे मैले मौनता भंग गरेपछि निज कैलाश सिरोहिया अनेकन संस्थाहरूलाई गुमराहमा पारेर ती संस्थाहरूलाई आफ्नो सुरक्षा कवचको रूपमा प्रयोग गर्न/गराउन उद्यत देखिएका छन्।त्यसक्रममा, कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण अदालतमा पुगेपछि नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति मेरो ध्यानाकर्षण भएको छ। यो ब्ल्याकमेलिङ प्रकरणमा निज सिरोहिया नेपाल मिडिया सोसाइटीका सदस्यहरूलाई भ्रममा पार्न एक हदसम्म सफल देखिएका छन्। एक सञ्चार उद्यमीसमेतको नाताले म नेपाल मिडिया सोसाइटी सामु जिज्ञासा राख्न चाहन्छु, एउटा सञ्चार माध्यमको दुरूपयोग गरेर कुनै सञ्चार उद्यमी ब्ल्याकमेलिङ गर्ने तहमा झर्छ भने मिडिया सोसाइटीले त्यसको जिम्मा लिन कसरी मिल्छ? के सोसाइटीको कुनै एक सदस्यले निजी जीवनमा गर्ने आपराधिक कार्यको जिम्मा लिनु विवेकसम्मत हुन्छ? म यो ब्ल्याकमेलिङ प्रकरणबारे गम्भीरताका साथ सोच्न मिडिया सोसाइटीका आदरणीय सदस्यहरूलाई आग्रह गर्दछु।  कान्तिपुरको बदनियत १०, पुस ०७४ मा प्रकाशित सम्पादकीयमा स्पष्ट झल्किएको छ। उक्त रकमका बारेमा कान्तिपुर लेख्छ, ‘तीन वर्षसम्म पनि निष्कर्षमा पुग्न नसक्नु कतै सुमार्गीलाई सफाइ दिने प्रपञ्च त होइन?’ उक्त सम्पादकीयमा ‘कान्तिपुरले अपराधी करार गरेपछि भइहाल्यो नि, किन उनलाई कारबाही नगरेको’ भन्ने दुराशय झल्कन्छ। दुई सातायता कान्तिपुरले आफ्ना सम्पूर्ण समाचारमध्ये सबैभन्दा धेरै शब्द मेराविरुद्ध खर्च गर्नुले पनि कान्तिपुर र निज सिरोहियाको बदनियत प्रष्ट पार्दछ। नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन शेयर। यो त्यस्तो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्दछ। निज सिरोहियाले मसँग शेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे। निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरू अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ। सत्यतथ्य समाचार पस्कने दायित्व बोकेको सञ्चारगृह अर्काको सम्पत्तिमा गिद्देदृष्टि लगाउँदै बदनियतपूर्ण समाचार प्रकाशन तथा प्रसारण गरी अपराध कर्ममा सामेल भएको त छ नै, साथै सत्यतथ्य समाचारका हकदार पाठकहरूलाई विश्वासघातसमेत गरेको छ।

सानै उमेरबाट अनेक हण्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको मेरो जीवनमा कान्तिपुर ब्ल्याकमेलिङ प्रकरणले केही दिन, केही महिना भ्रम छरे पनि केही वर्षपछि ठूलो अर्थ राख्ने छैन।किनभने सत्यका अघि झूट धेरै समय टिक्दैन, टिक्नै सक्दैन भन्ने मेरो विश्वास छ। यो ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिता जगतको कालो धब्बाको रूपमा ५०औँ वर्षसम्म रहिरहनेछ। अन्त्यमा, मविरुद्ध आइरहेका सिलसिलेवार मनगढन्ते कथा कहानीहरूबाट कति पनि भ्रममा नपर्न म सबैमा अपिल गर्दछु। सञ्चार माध्यमको दुरूपयोग गरी ब्ल्याकमेलिङ गर्ने ती प्रलापहरूबाट अविचलित रहन सरोकारवालाहरूमा पनि आग्रह गर्दछु। राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने मेरो प्रयासमा यस्ता प्रहारहरूले रत्तिभर फरक पर्नेछैन। मेरा कुनै कामकारबाही गलत र गैरकानुनी छैनन्। प्रचलित कानुनको कसीमा घोटिन म हरदम तयार छु।  मुलुकको समृद्धिका लागि पर्याप्त लगानी, रोजगारी सिर्जना र द्रुत गतिको बहुआयामिक विकास नै एक मात्र उपाय हो भन्नेमा मेरो दृढ विश्वास कायमै छ। विना लगानी प्रगति सम्भव छैन भन्ने कुरा अर्थशास्त्रको सिद्दान्त हो। पर्याप्त लगानी र अत्याधुनिक प्रविधिको सदुपयोगमार्फत मुलुकको अर्थतन्त्रमा योगदान गर्ने मुक्तिश्री प्रालिको प्रतिबद्धतामा म कटिबद्ध छु। केही व्यक्ति र केही संस्थाले बदनियतपूर्वक जतिसुकै प्रतिकूल स्थिति सिर्जना गर्न खोजे पनि म मेरो यात्राबाट कत्ति पनि विचलित हुनेछैन। नेपालको समृद्धि चाहने र सत्यको पक्षपोषक आमनेपाली समुदायको सद्भाव नै मेरो शक्ति हो। कान्तिपुर र त्यसका प्रकाशक सिरोहियाले गरेको अपराध र उनको नियतलाई अब कुनै पनि शब्दले ढाकछोप गर्न सक्दैन। सभ्य समाजले त्यस्ता आपराधिक क्रियाकलापमा प्रश्न उठाई त्यस्तो निम्नकोटीको छलपूर्ण कार्यलाई निरुत्साहित गर्नुपर्दछ भन्ने मेरो अनुरोध छ। धन्यवाद। 

अजेयराज सुमार्गी अध्यक्ष, मुक्तिश्री प्रा. लि.
२०७४/१०/०१

यस्तो छ कान्तिपुर मिडिया ग्रुपको विज्ञप्ति

कान्तिपुरले विगत २५ वर्षदेखि आम जनतालाई केन्द्रमा राखेर व्यावसायिक पत्रकारिता गर्दै आएको छ । पछिल्लो समय राजनीतिक नेतृत्वको संरक्षण र साँठगाँठमा आर्थिक अनियमितताको पिरामिड खडा गर्ने बिचौलियाहरूको बिगबिगीबारे हामीले शृंखलाबद्ध रिपोर्टिङहरू छापिरहेका छौं । शंकास्पद आर्थिक कारोबारमा मुछिएका अजेयराज सुमार्गी पनि त्यही सिलसिलामा समाचारको विषय बनेका हुन् । कान्तिपुर र अन्य पत्रपत्रिकाले समेत उनीबारे मुख्यतः तीनवटा आधारमा खोजबिन गरेका छन् : 

-    केही वर्षअघि सामान्य आर्थिक हैसियत भएका व्यक्तिले एउटा राजनीतिक समूह विशेषस“गको सान्निध्यमा अस्वाभाविक रूपमा फैलाएको आर्थिक साम्राज्य, जसको स्रोत खुलेको छैन । 
-    जसको करिब साढे ३ अर्ब रुपैया“लाई नेपाल राष्ट्र बैंकले ‘शंकास्पद’ ठहर गर्दै तीन वर्षदेखि दुइटा बैंकहरूमै ‘सिल’ गरिदिएको छ । सुमार्गीले त्यसअघि ल्याएको करिब साढे ८ अर्बलाई पनि राष्ट्र बैंकले शंकास्पद मान्दै ती सबै रकमको स्रोत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाएको छ । 
-   शुद्धीकरण विभागले प्रहरीको सीआईबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा उनको रकमलाई ‘अवैध’ ठहर गरिएको छ । र, हाम्रो समाचार मूलतः त्यही प्रतिवेदनमा आधारित हो । 

देशभित्रबाट अनियमितता–सिर्जित कालो धन विदेश पु¥याउने, त्यसलाई ‘सेल कम्पनी’ मार्फत ‘विदेशी लगानी’ भन्दै ल्याउने र यहा“ ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को जुन सिलसिला चलिरहेको छ, त्यो रोकिनुपर्छ भन्ने हाम्रो मान्यता हो । सरकारी निकायहरूले ‘अवैध’ ठहर गरेको कारोबार एवम् रकम ‘वैध’ रहेको ठहर गर्ने र त्यसको कानुनी स्रोत खुलाउने जिम्मेवारी अब सुमार्गीको हो । उनले त्यसो गर्नुको साटो आफ्नो अवैध आर्थिक कारोबारबारे समाचार लेख्ने सञ्चारगृहविरुद्ध गरेको विषबमनको हामी घोर भत्र्सना गर्दछौं । उनले मुख्य मुद्दाबाट ध्यान मोड्न कान्तिपुरविरुद्ध सोमबार जे–जस्ता गम्भीर आक्षेप लगाएका छन्, ती सबैलाई एक–एक गर्दै पुष्टि गर्न हामी चुनौती दिन्छौं । अन्यथा समाचार प्रकाशन गरेकै कारण कहिले ज्यान मार्न खोजेको उजुरी दिने र कहिले कपोलकल्पित आरोपहरू लगाएर चरित्रहत्या गर्न खोज्ने सुमार्गी–प्रवृत्ति सजायको भागिदार हुनैपर्छ । 

जहा“सम्म उनले कैलाश सिरोहिया र रामेश्वर थापासमेतको नाममा रहेको काठमाडौं, तीनकुनेको जग्गा किनेको सन्दर्भ छ, त्यसबारे पनि हामी प्रस्ट्याउन चाहन्छौं । उक्त जग्गा आफूलाई आवश्यक नरहेको परिप्रेक्ष्यमा हामीले बिक्री गर्ने निर्णय लिएपछि एउटा वाणिज्य बैंकका सीईओको सहजीकरणमा खोजिएका खरिदकर्ता (सुमार्गी) लाई त्यो बेचिएको थियो । सुमार्गीस“ग उक्त जग्गाको कारोबार त्यसै बेला अन्त्य भइसकेको सन्दर्भमा, झन्डै चार वर्षपछि अहिले आएर अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक छैन । निज सुमार्गीस“ग त्यो जग्गाको एउटा कारोबारबाहेक कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको कहिल्यै कुनै आर्थिक कारोबार भएको÷गरिएको छैन । भूकम्पले हाम्रो भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीं–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन । यस्तो पृष्ठभूमिमा निजस“ग सम्पर्कमा रहेको या धम्क्याएको जस्ता सम्पूर्ण आरोपहरू बिल्कुलै निराधार हुन् । 

जहा“सम्म समाचारको कुरा छ, सरकारी निकायहरूले सुमार्गीको अर्बौं रकमलाई ‘अवैध’ ठहर गरेको र त्यसको स्रोत शंकास्पद रहेको अध्ययन प्रतिवेदन बुझाइसकेको सन्दर्भमा निजमाथि कारबाही नहुनु कानुनी राजको ठाडो उल्लंघन हो । उनीमाथि कारबाही अगाडि नबढाउन सम्पत्ति शुद्धीकरण विभागमाथि राजनीतिक शक्तिविशेषको तीव्र दबाब रहेको देखिन्छ, त्यो अवस्थाको अब अन्त्य हुनुपर्छ । सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनु पर्छ । 

स्रोत नखुलेको रकमको अवैध कारोबारमाथि छानबिन नहुने र ‘मनी लन्डरिङ’को मामिलाले राजनीतिक वैधता पाउने हो भने त्यसको असर मुलुकमाथि नै पर्न सक्छ । संसारभरि निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय– ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ)’ ले पटक–पटक कालोसूचीमा राख्ने चेतावनी दिएपछि नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरिएको हो । उक्त विभागले सुमार्गी प्रकृतिका मुद्दा टुंग्याउन नसक्ने हो भने मुलुक नै कालोसूचीमा पर्न सक्ने खतरा छ । मुलुक कालोसूचीमा पर्दा नेपाली बैंकहरूले खोलेको प्रतीतपत्र धेरै अन्तर्राष्ट्रिय बैंकले स्वीकार नगर्ने हुँदा बाह्य व्यापारमा समेत जटिलता आउनेछ । धेरैजसो दातृ निकायले कालोसूचीमा परेका मुलुकलाई सहायतासमेत रोक्ने हुँदा मुलुकको अर्थतन्त्र नै जोखिममा पर्ने खतरा भएकाले यस्ता जघन्य फौजदारी प्रकृतिका क्रियाकलापको समाचार हामीले निरन्तर लेखिरहेका हौं । 

सुमार्गी प्रकरणमा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण ऐन–२०६४, विदेशी विनियम (नियमित गर्ने) ऐन–२०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ सहित विभिन्न कानुनको उल्लंघन भएको सम्पत्ति शुद्धीकरण विभाग र सीआईबीको पछिल्लो अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । त्यसमा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १५ अनुसार अनुसन्धान अधिकृत नियुक्त गरी मुद्दा टुंग्याउनुपर्ने निष्कर्ष निकालिसकिएकाले यसमा विभाग, राष्ट्र बैंक वा अन्य सरोकारवाला निकायले स्वतन्त्र रूपमा छानबिन गरी कारबाही अगाडि बढाउनुपर्छ । 
कान्तिपुरले २५ वर्षको अविच्छिन्न यात्राका क्रममा अनेक भ्रष्ट र अभद्र प्रवृत्तिहरूको सामना गर्नुपरेको छ । तर आम जनताको स्वार्थलाई केन्द्रमा राखेर हि“ड्ने जिम्मेवारीलाई हामीले कदापि भुलेका छैनौं । विगतमा ठूल्ठूला अवरोधहरू आउ“दा त हामी कहिल्यै विचलित भएनौं भने यस्ता घटनाले हामीलाई आफ्नो कर्तव्यबाट विमुख गराउने छैन । यस्ता मामिलामा हाम्रो खोज र अनुसन्धान निरन्तर जारी रहने पाठकहरूलाई सूचित गर्न चाहन्छौं । 
– कान्तिपुर मिडिया ग्रुप
२०७४ माघ २ गते ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell