PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौं महानगरपालिकाका इन्जिनियर १० हजार घुसमा फसे



रासस

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए। उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए। उनीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell