PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलिउड सेन्सर बोर्डमा फिल्मको लाइन, पर्खाइमा अक्षयको 'प्याड म्यान' पनि



पहिलोपोस्ट

बलिउड सेन्सर बोर्डमा फिल्मको लाइन, पर्खाइमा अक्षयको 'प्याड म्यान' पनि

जनवरी २५ मा रिलिज टार्गेट गरेको फिल्म 'प्याड म्यान' सेन्सर बोर्डमा पुगेपनि फिल्मको सेन्सर भएको छैन। कारण अचम्मको छ। फिल्म युनिटले डिसेम्बर अन्तिम सातामा मात्र फिल्म बुझायो।

क्रिसमस, नयाँ वर्ष हुँदै मकर संक्रान्तिको बिदाको प्रभाव फिल्म सेन्सर हुनुमा पनि परेको हो। बलिउड हंगामाले जनाए अनुसार बोर्ड कर्मचारीको बिदा र केही सदस्य बिरामी परेका कारण सेन्सर बोर्डमा फिल्मको लाइन लागेको छ। डिसेम्बर अन्तिम सातादेखि 'पद्मावत' मात्र सेन्सर भएको छ।  

पद्मावत र प्याड म्यानको रिलिज डेट एकै भएपनि प्याडम्यानले प्रदर्शन सर्टिफिकेट पाइसकेको छैन। आउँदो शुक्रबार रिलिज हुने भनिएको कौशल श्रिवास्तवा निर्देशित 'भोड्का डायरिज'लाई पनि बलिउड सेन्सरबोर्डले केही प्रतिक्रिया जनाएको छैन।

इन्डिया रिलिजको तयारीमा रहेका हलिउड फिल्महरु '१२ स्ट्रङ', 'द कप्युटर', र 'द डार्केस्ट आवर' पनि बोर्डको सर्टिफिकेट पर्खाइमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell