PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वान डे वर्ल्ड कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने



पहिलोपोस्ट

वान डे वर्ल्ड कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने

काठमाडौं : आन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कप क्रिकेटको क्वालिफायरको खेल तालिका सार्वजनिक गरेको छ।

आगामी मार्चमा जिम्वावेमा हुने उक्त क्वालिफायरमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्ड कप खेल्न पाउनेछ।

आइसीसीको वान डे र्‍याङकिङको नवौँ देखि १२औँ स्थान सम्म रहेको चार टिम, आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसिपको शीर्ष चार टिम तथा आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को शीर्ष दुई टिमले जिम्वावेमा मार्च ४ देखि २५ सम्म हुने  क्वालिफायरमा खेल्नेछ।

क्वालिफायर खेल्ने दश मध्ये ८ टिमको छिनोफानो भइसकेको छ भने बाँकी दुई टिमको तय फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू बाट हुनेछ।

आइसीसीले सहभागि दश टिमलाई दुई समहूमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरेको हो।

जसअनुसार समूह ए मा वेष्टइन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्युगिनी, डिभिजन टू को विजेता रहनेछ। यस्तै समूह बी मा अफगानिस्तान, जिम्वावे, स्कटल्याण्ड, हङकङ र डिभिजन टू को उपविजेता रहनेछन्।

प्रतियोगिता हुनुअघि फेब्रुअरी २७ र मार्च १ मा वार्म अप म्याच हुनेछ।

समूह चरणका खेलपछि दुवै समूहबाट शीर्ष ३ स्थानमा रहने टिम दोस्रो चरणको सुपर सिक्स मा छनोट हुनेछ। त्यसमा ६ वटै टिमले एकआपसमा खेल्नेछन्। र अंकका आधारमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल पुग्ने दुई टिम वर्ल्ड कपका लागि छनोट हुनेछन्। उनीहरुले आइसीसीको शीर्ष ८ मा रहेको टिमसँग खेल्नेछ।

वर्ल्ड कप क्वालिफायर अघि अफ्रिकन राष्ट्र नामिवियामा ६ टिम सम्मिलितथ डिभिजन टू हुनेछ। जसमा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, क्यानडा र ओमनले प्रतिस्पर्धा गर्नेछन्। यसको शीर्ष दुई स्थानमा रहने टिमले वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने पाउनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell