PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नारायणगढमा नेपथ्यको सांगीतिक प्रस्तुती, ७ हजार दर्शकको साथ



पहिलोपोस्ट

नारायणगढमा नेपथ्यको सांगीतिक प्रस्तुती, ७ हजार दर्शकको साथ

सांगीतिक प्रस्तुतीका लागि मोफसल यात्रामा निस्किएको लोकपप सांगीतिक ब्यान्ड  नेपथ्यले नारायणगढमा पनि कन्सर्ट सम्पन्न गरेको छ। सोमबार साँझ यात्राको दोस्रो कार्यक्रम सम्‍पन्न भएको हो।

नारायणी नदी किनारको मैदानलाई नै घेराबन्दी गरेर बनाएको कन्सर्टस्थलमा नेपथ्यले प्रस्तुती दिराख्दा झण्डै सात हजार दर्शकको साथ रह्यो।

नेपथ्यले दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर सुरु गरेको कन्सर्टमा ‘कुरुप अनुहार हो’, ‘भेँडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरी’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’, ‘जोमसोमे बजारमा’ लगायत चर्चित गीतहरु सुनाए। 

ब्यान्ड स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले स्थापनाकाल देखिका केही तस्बिर पनि देखाए।

मुख्य गायक अमृतलाई यसपटक पनि किबोर्डमा सुरज थापा, ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्तिरायमाझीले सघाएका थिए। 

‘दाताज् इभेन्ट म्यानेजमेन्ट’ले कार्यक्रमको आयोजना गरेको थियो। मुलुकको यात्रामा निस्केको नेपथ्य टोली अब माघ ४ गते बिहीबार सोनाम लोसारका दिन बेलुकी छ बजे भैरहवा स्थित पक्लिहवा हाइस्कुलमा मा प्रस्तुत हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell