PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकारः एमाले माओवादीसँग परामर्श हुँदै, आजै मन्त्रिपरिषद् बस्ने



पहिलोपोस्ट

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकारः एमाले माओवादीसँग परामर्श हुँदै, आजै मन्त्रिपरिषद् बस्ने

काठमाडौंः सरकारले प्रदेश प्रमुखको सिफारिस तथा प्रदेशको अस्थायी राजधानी तोक्ने प्रक्रियालाई तीव्रता दिएको छ। राजनीतिक दलहरुसँगको परामर्शपछि सम्भवतः मंगलबार साँझसम्म प्रदेश प्रमुख सिफारिस गर्ने तयारी सरकारको छ। अस्थायी राजधानीको टुंगो पनि मंगलबार नै लाग्ने सम्भावना छ।

माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक परामर्शलाई तीव्रता दिएका छन्। माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ मतदाता नामावली प्रकाशन गर्दैछ। प्रदेश प्रमुख तोकिएको समयमा नियुक्त नभए राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने आयोगको चेतावनी छ।

 

दलहरुसँग परामर्श

प्रदेश प्रमुख राजनीतिक सहमतिका आधारमा सिफारिस गर्न प्रधानमन्त्री देउवाले मंगलबार बिहान बालुवाटारमा एमाले र माओवादी केन्द्रका नेतालाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्रीले आफ्नै दलभित्र पनि आन्तरिक परामर्श गर्दैछन्।

यसअघि सरकारले प्रतिनिधिसभा निर्वाचन लगतै प्रदेश प्रमुख सिफारिसको तयारी गर्दै केही नाममा समेत छलफल गरेको थियो। तर, आफूहरुसँग परामर्श समेत नगरी प्रमुख सिफारिस गर्न लागेको भन्दै वाम गठबन्धनले आपत्ति जनाएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी चयनको निर्णय गर्न सकेको थिएन।

 

४ बजे मन्त्रिपरिषद बस्दै

राजनीतिक दल र कांग्रेसभित्र आन्तरिक परामर्शपछि आजै साँझ ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ। बालुवाटारमा ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। बिहान ९ बजेकै लागि बैठक तय भए पनि बैठकअघि दलहरुसँग अन्तिम परामर्श गर्ने भन्दै बैठक सारिएको हो।

प्रदेशको अस्थायी राजधानीको पनि तयारी सरकारले गरेको छ। संवैधानिक व्यवस्था अनुसार अस्थायी राजधानी पहिलो पटक सरकारले तोक्नछ । स्थायी भने सम्वन्धित प्रदेशसभाले नै तय गर्नेछ। सरकारले हाल उच्च अदालत रहेकै क्षेत्र आसपास रहने गरी प्रदेशको अस्थायी सम्पर्क कार्यालय तोक्ने गृहकार्य अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell