PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पद्मावतले अक्षय कुमारको प्याड म्यानको विजनेस खोस्ला?



पहिलोपोस्ट

पद्मावतले अक्षय कुमारको प्याड म्यानको विजनेस खोस्ला?

रिलिज डेट जुध्नु भनेको बलिउड व्यवसायको हिस्सा नै भइसकेको छ। सबैले २०१८ को पहिलो १०० करोड कमाउने फिल्ममा अक्षयकुमारको प्याड म्यान हुनेमा शंका गरेका थिएनन् तर यो फिल्मको रिलिज डेटमा जुध्ने भयो वर्षकै सबैभन्दा विवादित फिल्म पद्मावतसँग। त्यसो त पद्मावती फिल्म डिसेम्बर ११, २०१७ मै रिलिज हुने तय थियो। तर अदालती मुद्दा र यसविरुद्ध उठेका अभियानहरुले फिल्मको नाम पद्मावत बन्न पुग्यो भने रिलिज डेट पनि सर्‍यो।
 
अक्षयको प्याड म्यानलाई कति असर पर्छ त? बलिउड हंगामाले केही ट्रेड एनलिस्टलाई उदृत गर्दै देखेको छ – २५ देखि ३० प्रतिशत कमाइ गुमाउँदैछ अक्षयको फिल्मले। 

ट्रेड एनलिस्ट अतुल मोहन भन्छन्, 'पद्मावतले कति स्वागत पाउँछ त्यसमा निर्भर रहन्छ प्याड म्यानको आम्दानी। राजस्थान र मध्य प्रदेशले पद्मवत रिलिज गर्न नदिने घोषणा गरिसकेको छ। भारतका अरु राज्यहरु पनि यसमा जोडिने सम्भावना छ। यी सबै अवस्था हेरेर मात्र प्याड म्यानको अवस्था के हुन्छ भन्न सक्छौं।'

उनका अनुसार कतिपय वितरकहरु नै पद्मवतको रिलिजमा डराइरहेका छन्। उनीहरु भारतीय जनता पार्टीको सरकार भएका राज्यमा फिल्म प्रदर्शनमा कठिनाइ छ। त्यसैले वितरकहरु प्याड म्यानभन्दा पद्मवतको स्क्रिन कम हुने अपेक्षा गर्छन्।

उनीहरुका अनुसार यदि पद्मवतले रिलिज सहज पायो भने प्याड म्यानको आम्दानी ३० प्रतिशतसम्म घट्नेछ। 

'प्याड म्यानले करिब २० देखि ३० प्रतिशत आम्दानी गुमाउनेछ,' वितरक राजेश थाडानीले भने। अर्का वितरक हरविन सिंहले २५ प्रतिशत विजनेस लुज हुने बताए। तरन आदर्श भन्छन्, 'यदि प्याड म्यान र पद्मवत दुवै सँगै रिलिज हुने हो भने स्क्रिन मात्र होइन दर्शक पनि विभाजित हुनेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell