PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रेफ्रीले खेलाडीलाई किक हाने, अनी रेड कार्ड देखाए



पहिलोपोस्ट

रेफ्रीले खेलाडीलाई किक हाने, अनी रेड कार्ड देखाए

रेफ्रीको काम कुनै पनि खेललाई नियमपूर्वक सञ्चालन गर्ने हो। फुटबल मैदानमा कुनै खेलाडीले खेल भावना विपरित काम गरेमा त्यस खेलाडीलाई चेतावनी दिने, येल्लो कार्ड दिने, रेड कार्ड दिने रेफ्रीको काम हो।

कुनै खेलाडीले विपक्षी खेलाडीलाई फल गरेमा पनि रेफ्रीले त्यस्ता खेलाडी कार्ड दिने चलन छ। तर गएराती फ्रेन्च लिगमा फरक दृश्य देखियो। रेफ्री आफैँले खेलाडीलाई किन हाने अनी कार्ड देखाए।

सन्दर्भ हो फ्रेन्च लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्ट्सबीचको खेल। निर्धारित ९० मिनेटसम्म पिएसजीले १-० को अग्रता बनाएको थियो।  

त्यसपछि इन्जुरी टाइममा खेलले नाटकिय मोड लियो।

पिएसकीका खेलाडी काउन्टरमा नान्ट्सको पोष्टतर्फ बल अगाडी बढाइरहेको थियो। नान्ट्सका डिफेण्डर डिएगो कार्लोस पनि गोल जोगउन आफ्नो पोष्टतिर दौडिरहेका थिए। खेल सञ्चालन गरिरहेका रेफ्री टोनी च्यापरोन पनि अगाडी बढिरहेका थिए। त्यसै समयमा कार्लोससँग ठोक्किएर च्यामरोन लड्न पुगे।

त्यसपछि अनौठो दृश्य देखियो। रेफ्री च्यापरोनले कार्लोसलाई किक हाने। लगत्तै उनले कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए। त्यसअघि नै कालोसले पहिलो पहेँलो कार्ड खाइसकेका कारण रेफ्रीले उनलाई रातो कार्ड देखाए र मैदानबाट बाहिर पठाए।

कार्लोसले उक्त निर्णयको विरोध गरेपनि अन्तत: रेफ्रीको निर्णय स्वीकार्न बाध्य भए।

त्यसपछिको चार मिनेटको इन्जुरी समयमा पिएसजीले कुनै गोल थप्न सकेन र खेल १-० ले जित्दै ३ अंक जोड्यो। तर रेफ्रीकै कारण भने खेल विवादासपद बन्यो। जितपछि २० खेलबाट ५३ अंक जोडेको पिएसजीले दोस्रो स्थानको मोनाकोमाथि ११ अंकको अग्रता बनाएको छ।

खेलपछि नान्ट्सका प्रेसिडेन्ट बाल्डमर किटाले रेफ्री च्यामपरोनलाई ६ महिना प्रतिवन्ध लगाउनुपर्ने माग राखेका छन्। मैले विश्वभरबाट २० वटा एसएमएस पाए र त्यसमा भनिएको थियो 'रेफ्री इज अ जोक।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell