PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ला लिगा : दुई गोलले पछि परेर पनि बार्सिलोनाको कमब्याक जित, सुवारेज, मेसी र पाउलिन्होको गोल



पहिलोपोस्ट

ला लिगा : दुई गोलले पछि परेर पनि बार्सिलोनाको कमब्याक जित, सुवारेज, मेसी र पाउलिन्होको गोल

लिग लिडर बार्सिलोनाले दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ला लिगामा रियल सोसिडाडलाई ४-२ ले पराजित गरेको छ। बार्सिलोनाको कमब्याक जितमा लुइस सुवारेजले २ तथा पाउलिन्हो र मेसीले १-१ गोल गरे।

विलियन जोसले ११औँ तथा जुअनमीले ३४औँ मिनेटमा गोल गरेपछि सोसिडाडले घरेलु मैदानमा बार्सिलोना विरुद्ध सुरुमै २-०  अग्रता बनाएको थियो। तर दुई गोल खाएर पनि बार्सिलोना खेलमा फर्कियो। ३९औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले हाफमा गोल अन्तर कम पार्‍यो।

पहिलो हाफमा एक गोलले पछि परेपनि बार्सिलोनाले दोस्रो हाफमा ३ गोल फर्काए। बार्साको जितमा नायक बनेका लुइस सुवारेजले ५०औँ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पूर्‍याए। ७१औँ मिनेटमा सुवारेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता बनायो। यतीमै बार्सा रोकिएन। ८५औँ मिनेटमा लियोनल मेसीले फ्रिकिकमार्फत गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए।

जितपछि लिगामा अपराजित रहेको बार्सिलोना १९ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा आसिन छ। बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको माथि ९ अंकको अग्रता समेत बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell